करिब एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका भव्य स्वागत गरिएको छ। पूर्वराजालाइ स्वागत् गर्न आएकाहरूका कारण एयरपाेर्ट पुरै जाम भएकाे थियाे । सयाैँ राजावादी तथा युवाहरू माैसमकाे प्रतिकुलताका बावजुद एयरपाेर्ट पुगेका थिए ।
पुर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमलसहित शुक्रबार बैँककबाट काठमाडौँ ओर्लिएका थिए । उनीहरुको साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि बैँककबाट फर्किएकी छन्। उनिहरू नातिनीहरु पूर्णिका र कृतिकाको ग्र्याजुएसनका लागि थाइल्यान्ड पुगेका थिए।
Comments