दक्षिण-पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ।
फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ।
आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन्। पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ। पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्।
Comments