स्थानीय

‘सडक कुकुर मारेकाे र मार्छु’ भनेका वडाध्यक्ष कार्कीकाे सर्बत्र आलाेचना, कारबाहीका लागि उजुरी

0

महानगरपालिकाको बैठकमै वडाध्यक्षले सडक कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनीबिरूद्ध व्यापक आलाेचना भएकाे छ ।  वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले महानगरकाे छैठाैँ बैठकमा औषधि पाए एकै दिन २५ कुकुर मार्ने अभिव्यक्ति दिएकाे भिडियाे सार्वजनिक भएपछि पशुअधिकारकर्मीसहित सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले उनकाे आलाेचना गरेका छन् । उनले कुकुर मार्ने कुरा गरेसँगै व्यापकरूपमा समाचार माध्यममा छाएका छन् । समाचारमा कहिल्यै छाउन नसकेका कार्की कुकुर मार्ने अभिव्यक्तिले सुपरहिट भएका छन् ।  ।

कार्कीले सडकका भुस्याहा कुकुरले मानिसलाई झम्टिने, सवारी साधन दुर्घटनामा पार्नेलगायत अनावश्यक दुःख दिएकाले विष खुवाएर मार्नुपर्ने  मत राखेका थिए । साथै, उनले पहिले पनि यस्ता कुकुरहरु मारेको निसंकोच बताएका थिए । पशु अधिकारको सामान्य पनि ख्याल नराखी अभिव्यक्ति दिन पुगेका वडाध्यक्ष कार्की अहिले विवादमा तानिएका छन् । पशु कल्याण संघ नेपालले वडाध्यक्ष कार्कीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।

‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरूलाई समेत बेवास्ता गर्दै महानगरपालिकाको वडाध्यक्षजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिद्धारा व्यक्त तुच्छ र अमानवीय विचारले हामी सबैलाई लज्जित र दुःखी बनाएको छ,’ संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्रको रूपमा रहेकाले विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएको सम्झौताविपरीत गैरजिम्मेवार क्रियाकलपा हुनु र अभिव्यक्तिहरू आउनुले राज्य संयन्त्रको आपसी तालमेल कतिसम्म धरासायी छ भन्ने छर्लङ्ग पारेको अध्यक्ष श्रेष्ठले उल्लेख गरेकी छन् । सामुदायिक कुकुर तथा छाडा पशु चौपायाहरूको उचित व्यवस्थापन राज्यको दायित्व भएको स्मरण गराउँदै समस्याको सिर्जनात्मक र दीर्घकालीन तथा मानवीय समाधान खोज्न सुझाइएको छ ।

वडाध्यक्ष कार्कीले विगतमा सामुदायिक कुकुर विष खुवाएर मारेको बयान दिएकाले मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही गर्न पनि पशु कल्याण संघले माग गरेको छ । वडाध्यक्ष कार्कीले कानूनलाई चुनौती दिँदै विगतमा कुकुर मारेको र अहिले मार्नका लागि औषधि खोजिरहेको अभिव्यक्ति दिएकाले उनीविरुद्ध जाहेरी दिने तयारीबीच मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी परेकाे छ ।  सामुदायिक कुकुर व्यवस्थापनमा महानगरपालिकाले करोडौं बजेट छुट्याएको परिस्थितिमाझ वडाध्यक्षबाट आएको अभिव्यक्ति आश्चर्यजनक मानिएकाे छ ।

वडाध्यक्ष भट्टराइ किन अभद्र व्यवहार गर्ने मेयरका अघाेषित स्वकीय सचिवकाे पक्षमा ?

Previous article

श्रीलङ्कामा प्रजातान्त्रिक बिधिबाट नयाँ राष्ट्रपति बने रनिल बिक्रमसिंघे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *