बुढानिलकण्ठ नगरपालिकामा नयाँ मेयर मिठाराम अधिकारीले विकास निर्माणमा गरेका प्रतिबद्धताका बारे बुझ्न तथा कुरा गर्न गएका पत्रकारमाथि मेयरका स्वकीय सचिवले अभद्र व्यवहार गरेकाे समाचार प्रकाशित भएपछि याे विषयले चाैतर्फि चर्चा पाएकाे छ । अशिष्ट स्वभावका भनेर आलाेचित ती अघाेषित स्वकीय सचिव मेयरका नजिकका आफन्त हुन् । स्थानीय हात्तीगाैँडा निबासी निज अघाेषित स्वाकीय सचिव रविन्द्र अधिकारीले पत्रकार तथा अधिवक्ता सन्ताेष भण्डारीलाइ अभद्र व्यवहार गरेका थिए ।
यहाँ, एउटा स्मरणीय कुरा के हाे भने सन्ताेष भण्डारी पत्रकार वा अधिवक्तामात्र नभै बुढानिलकण्ठका स्थानीय बासिन्दा पनि हुन् । भण्डारीले मेयरसँग प्रतिबद्धताकाे बारे प्रश्न गरेपछि रविन्द्र अधिकारीले भद्धा गाली गर्दै उनलाइ मेयरकाे कार्यकक्षबाट बाहिर निकालेका थिए ।
याे विषय बाहिर आएपछि चाैतर्फिरूपमा यस्ताे व्यवहारकाे आलाेचना भयाे । स्थानीय सबै संचारमाध्यमदेखि संचारकर्मीहरूले यसबारे लेखे । याे भीडमा बुढानिलकण्ठ १० का वडाध्यक्षले राति अबेर आफ्नाे फेशबुकमा स्टाटस लेख्दै रविन्द्र अधिकारीकाे पक्षधरता लिएका छन् । सामाजिक सन्जाल चलाउने विषयमा आलाेचित वडाध्यक्ष भट्टराइ पूर्व नगरप्रवक्ता भएकाले उनले लेखेकाे भाषा र त्यसकाे अर्थ यतिखेर चर्चायाेग्य भएकाे छ ।
भट्टराइले आफ्नाे स्टाटसमार्फत याे सिधै पत्रकार सन्ताेष भण्डारी कै गल्ती भनेर औँल्याएका छन् । उनले रविन्द्र अधिकारीलाइ बचाउँदै लेखेका छन्, मेयरकाे कक्षमा भएको सामान्य बिषय बस्तुलाइ तोड मोड गरि गलत ढङगले परिभाशित (प्रेशित) गरेको पाइयो । नयाँ मतदाता दर्तामा व्यापक अनियमितता भएकाे वडा नं १० का वडाध्यक्ष भट्टराइ लेख्छन्, राज्यको चौथो अङ्ग भन्दैमा अनर्गल प्रचार गरि कुनै सन्स्था वा ब्यक्ति बिसेशलाइ राजनितिक पुर्वाग्रह राखि बदनाम गर्ने कुचेस्टा नगरौ ।
वडाध्यक्ष भट्टराइले उल्टाे धम्कीपूर्ण भाषा किन लेखे हाेलान् ! भन्ने काेणबाट विश्लेषण गर्दा नयाँ मतदाता दर्तामा आफ्नाे वडामा भएकाे बिबिध समस्या पत्रकारमार्फत उजागर भएकाले उनी पत्रकारसँग अत्यन्त रूष्ट भएकाे हुनुपर्ने अनुमान गर्न सकिन्छ । अथवा यसरी मेयरकाे आफन्त पर्ने व्यक्तिलाइ बचाउ गरे फेरि प्रवक्ता बन्न पाइन्छ कि भनेर च्याँखे दाउ पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । धेरैले भविष्य भएकाे नेताका रूपमा चित्रित गरिएका नवराज भट्टराइले यसैहप्ता सामाजिक सन्जालमा लेखेका दुइवटा स्टाटसले उनकाे अधैर्यता, अस्थिरता तथा बेचैनीलाइ पुष्टि गर्छ ।
Comments