बुढानिलकण्ठ नगरपालिका वडा नं १० का सचिवकाे नक्कली हस्ताक्षर तथा सक्कली हस्ताक्षर दुवैमा किर्ते बसाइसराइ भएकाे पाइएकाे छ । नयाँ मतदाता नामावाली दर्ता गर्ने सिलसिलामा सचिव नविन्द्र तामाङकाे नक्कली हस्ताक्षरसहितकाे बसाइसराइ तथा सक्कली हस्ताक्षरसहितकाे नक्कली दर्ता नम्बर भएकाे दुइ कागज निर्वाचन आयाेगमा खाेसिएपछि भाेटका लागि कतिसम्म कुकृत्य हुनेगर्छ भन्ने कुरा सार्वजनिक भएकाे छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा लामाे समयदेखि कार्यरत सचिव तामाङकाे नाममा बनेका किर्ते कागजसँग काे काे जाेडिन्छ त्याे छानविनपछि पत्ताे हाेला तर यस वडाकाे वडाध्यक्षले आफ्नै वडामा भएकाे किर्ते मुद्धामा पानीमाथिकाे ओभानाे बन्ने टिप्पणी गरेका छन् । नेकपा एमालेभित्र युवा तथा भविष्य भएका नेता भनेर चिनिएका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराइ सामाजिक सन्जालमा लेख्ने तथा टिप्पणी गर्ने क्रममा प्रायः चिप्लिरहेका हुन्छन्। याे किर्ते मुद्धामा पनि उनी जान्ने हुन खाेज्दा आलाेचनाकाे शिकार भएका छन् । उनले फेशबुकमा साे किर्ते काम आफ्नाे पार्टीले नभै अरू पार्टिले हाे भन्ने आशयले लेखेपछि उनीमाथि आलाेचना बर्सिएकाे हाे । आफ्नाे वडामा आफ्नै पार्टीका कार्यकर्ताले किर्ते गरेकाे सार्वजनिक भैसकेकाे अबस्थामा भट्टराइले अरूलाइ दाेष दिएर आफू रफुचक्कर हुने दाउमा आफै आलाेचित भएका हुन् ।
भट्टराइले फेशबुकमा नागरिकको घर आगनमा अमुक दलका प्रतिनिधि घरदैलो गर्दै मतदातामा नाम भए नभएको सोधपुछ गर्दै मतदाता परिचयपत्रको लागि कागजात बनाइदिने तथा फोटो खिच्न जादा यातायात को समेत ब्यबस्था गरिने भन्दै घर दैलो गरेको सुचना थाह पाएकाे उल्लेख गरेका छन् ।
स्मरणीय के छ भने, किर्ते कागज लिएर मतादाता बन्न पुगेकी एक महिलेले वडाध्यक्षकै कार्यकर्ता ज्याेतिनगर निवासी एक महिलाले साे काम गरिदिएकाे बताएकी थिइन् । याेभन्दा मजबुत कुराचाहिँ किर्ते कागज लिएर मतदाताकाे नाम दर्ता गर्न जाने नेताहरूमा वडाध्यक्ष भट्टराइका आफन्त ध्रुव भट्टराइलाइ निर्वाचन आयाेगमा धरपकड गर्न परेकाे थियाे । जिल्ला प्रतिनिधिसमेत रहेका ध्रुव भट्टराइले आफूसँग भएकाे कागज फ्याकेर भागेका थिए । फ्याँकेकाे कागज किर्ते भेटिएकाे थियाे ।
सामाजिक सन्जालमा ओभर रियाक्ट तथा ओभर पाेलिटिक्स गर्ने भनेर आलाेचना भैरहने वडाध्यक्ष भट्टराइले घटना सार्वजनिक भएकाे भाेलिपल्ट बिहान अर्थात आज(साउन २ गते) बिहान आफ्नाे फेशबुकमा लामाे स्टाटस लेख्दै आफू निर्वाचन आयाेगमा पत्र लेख्ने तयारीमा रहेकाे लेखेका थिए ।
Comments