स्थानीय

बुनपा २ काे प्राचीन रूद्रेश्वर महादेव मन्दिर परिसरमा ६४ शिवलिङ्गकाे बिधिवत स्थापना

0

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा आज ६४ शिवलिङ्ग स्थापित गरिएको छ । प्राचीन कालदेखि नै विशेष रुपमा पूजा आराधना गरिने रुद्रेश्वर मन्दिरमा आज स्थापनासँगै ६४ शिवलिङ्गले मन्दिरको सुन्दरता झनै बढाएको छ ।

रूद्रेश्वर मन्दिरको नित्य पूजा आरती कालमोचन गुठी अन्तर्गत सञ्चालन भैरहेको छ । स्थानीय भक्तजनको र अन्य दाताहरुको पहलमा रुद्रेश्वर मन्दिरमा ६४ शिवलिङ्ग स्थापना गरिएकाे हाे । साउनकाे पहिलाे साेमवार पारेर बिधिवत पूजाअर्चना गरी ६४ शिवलिङ्गकाे पूजा शुरू गरिएकाे छ । रूद्रेश्वर महादेव मन्दिरमा चार पुस्तादेखि पौडेल कुलद्वारा  मन्दिरमा नित्य पूजा आरती सञ्चालन भैरहेको छ । मन्दिरको मूल पुजारी विकासप्रसाद पौडेल रहेका छन् ।

रूद्रेश्वर मन्दिर कुनै व्यक्तिद्वारा स्थापना भएको मन्दिर नभइ सत्य युग देखिनै यस मन्दिरको अस्तित्व रहेको विभिन्न किंबदन्ति सुन्न पाइन्छ । । स्कन्द पुराणमा उल्लेख भएकाे रूद्रेश्वर मन्दिर यही भएकाे स्थानीय दावी गर्छन् । गुठीद्वारा पूजा अर्चनाकाे प्रबन्ध भैरहेकाले मन्दिर प्राचीका कालदेखिकाे मानिए पनि निश्चित तिथि मिति भने उल्लेखित हुन सकेकाे छैन ।

स्थानीयवासीहरू धार्मिक ग्रन्थमा यस मन्दिरको महिमाहरू रहेकाे बताउँछन् । उनीहरू मन्दिरको प्रचारप्रसार नहुँदा महत्व कम भएकाे मान्दछन् । रूद्रमतीकाे तटमा प्राकृतिक र मनोरम वातावरणमा रहेको रुद्रेश्वर मन्दिर परिसरमा ६४  शिवलिङ्ग स्थापनासँगै मन्दिरकाे भव्यता भने बढेकाे छ  ।

वाग्मती प्रदेश सांसद नराेत्तम वैद्यद्वारा महानगरवासीलाइ श्राेतमै फाेहरमैला वर्गीकरण गर्न आव्हान

Previous article

बुनपा १० का वडाध्यक्ष ‘पानीमाथि ओभानाे’ बन्न खाेजेपछि आलाेचना !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *