स्थानीय

बुनपामा नयाँ मतदाता दर्तामा व्यापक अनियमितता, वडा नं १२ काे बसाइसराइ प्रमाणपत्रमा सचिवकाे किर्ते हस्ताक्षर

0

बुढानिलकण्ठ नगरपालिका हत्तपत्ति सकारात्मक समाचारकाे शीर्षकमा अटाउने गर्दैन । यसका पछाडि यहाँका स्थानीय सरकार र पार्टीका लापरबाही तथा धाेकाधडीपूर्ण गतिबिधि नै मूख्य कारण हाे । यतिखेर बुनपा नयाँ मतदाता दर्तामा व्यापक किर्ते कागज गरेकाे प्रमाणसहितका समाचारले नगरपालिकालाइ बदनाम गरिरहेकाे छ । बदनाम गराउने काम नेकपा एमालेले गरेकाे देखिएकाे छ ।

एमाले त्यही पार्टी हाे, जुन पार्टीका हाल काठमाडाैँ जिल्ला अध्यक्ष रहेका दीपक निराैलाकाे घरमा ०७३ सालमा रातारात मतदाता फाेटाे खिचाएर किर्ते काम भएकाे थियाे । निराैलाकाे साे कामकाे बारे सदनमा समेत कुरा उठेकाे थियेा । एमाले त्याे पार्टी हाे, तत्कालि जिल्ला सदस्य निराैलाकाे साे कामलाइ महान भनेर उनलाइ ८ महिनापछि प्रदेशकाे टिकट दिएकाे थियाे । तिनै निराैलाकाे निवास तथा हालिमुहाली रहेकाे बुढानिलकण्ठ नगरपालिकामा फेरि एकपटक किर्ते तथा अनियमितताकाे ठूलाे मुद्धा सार्वजनिक भएकाे छ । वडा नं २ मा एमाले जिल्ला प्रतिनिधि तथा वडा सचिवले  किर्ते कागज बाेकेर निर्वाचन आयाेग पूग्दा त्यहाँ काँग्रेस पार्टीका प्रतिनिधिले समातेका थिए ।

वडा नं १० का सचिव नविन्द्र तामाङकाे फरक फरक हस्ताक्षर भएकाे कागज भेटिएकाे छ । नक्कली हस्ताक्षर भएकाे कागज बाेकेर पुगेका एमाले प्रतिनिधि समातिएपछि उनीहरूसँग खाेसिएकाे कागजपत्र हेर्दा सचिव तामाङकाे फरक हस्ताक्षर भएकाे कागज भेटिएकाे छ । सचिव तामाङले एउटा हस्ताक्षर आफ्नाे नभएकाे बताएका छन् भने अर्काे हस्ताक्षर कसले गर्याे तथा स्थानिय पञ्जिकाधिकारीकाे स्ट्याम्प कसले दुरूपयाेग गर्याे भन्ने विषय यतिखेर अनुसन्धानकाे विषय बनेकाे छ । स्थानीय पञ्जिकाधिकारीकाे हस्ताक्षर तथा स्ट्याम्प दुरूपयाेगकाे याे विषयसँग  सम्बन्धित वडाका वडाध्यक्षहरू पनि तानिन सक्ने अबस्था देखिन्छ ।

माेरङका सयाैँ परिवारकाे आयश्राेत बनिरहेकाे ‘निगुराे’

Previous article

कावासाेतीकाे सामुदायिक वनमा नेपालमा पहिलाेपटक अमेरिकी कालाे गिद्ध(Black Hawk) फेला पर्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *