देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु विराटनगरमा देखिएको छ । यसैगरी सबैभन्दा कम चाहिँ भरतपुरमा रहेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–०७८ को ५९ औं प्रतिवेदनमा विराटनगरमा कुल लेखापरीक्षण गरिएको रकमको तुलनामा १६ दशमलव ५७ प्रतिशत र भरतपुर ० दशमलव ५६ प्रतिशत बेरुजु औल्याएको छ ।
त्यस्तै, लेखापरीक्षण भएको रकमको तुलनामा वीरगञ्जको ९ दशमलव ८ प्रतिशत, ललितपुरको ८ दशमलब ६ प्रतिशत, काठमाडौंको ५ दशमलव ४ प्रतिशत र पोखराको ५ दशमलव ३५ प्रतिशत बेरुजु देखिएको छ ।
कार्यालयले ७ सय ५३ मध्ये ७ सय ४४ स्थानीय तहको लेखापरीक्षण गरेको थियो । कूल ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाख रुपियाँको लेखापर ४४ अर्ब २४ करोड २३ लाख रूपैयाँ बेरुजु देखिएको प्रारम्भिक प्रतिवेदनपछि ३ अर्ब ४ करोड ३३ लाख फस्र्यौट गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विराटनगर महानगरपालिकाले १ करोडभन्दा बढीका ११ योजनाहरू उपभोक्ता समितिमार्फत् १३ करोड ५७ लाख ९९ हजार भुक्तानी गरेको नियमित नदेखिएको पनि प्रतिवदेनले भनेको छ ।
Comments