प्रकृतिस्थानीय

नदी क्षेत्रकाे अबैध उत्खनन् बिरूद्ध प्रहरी सक्रिय

0

नदी क्षेत्रमा हुने अबैध उत्खनन् बिरूद्ध  महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय  कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।बिहिबार बर्दिबास(७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्बरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमानचोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्खनन् गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दीवासले जनाएको छ । चालक, टिपर र जेसिवीमालिकलाई थप कारवाहीको लागि जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिएका छन् ।

क्षेत्र नं ४ काँग्रेसले ९ वटा महत्वपूर्ण विभागहरुका लागि संयाेजक छान्याे

Previous article

मार्फा क्षेत्रमा स्याउकाे रङ्गीन छवि

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *