मुख्य समाचार

क्षेत्र नं ४ काँग्रेसले ९ वटा महत्वपूर्ण विभागहरुका लागि संयाेजक छान्याे

0

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ ले संगठनभित्र काम गर्नका लागि बिभिन्न बिभाग तथा त्यसका संयाेजक ताेकेकाे छ । क्षेत्र नं ४ सभापति श्यामकृष्ण सङ्गतकाे अध्यक्षतामा बसेकाे बैठकले पेशाकर्मी बुद्धिजिवी सल्लाहकार समितिसहित अन्य ९ बिभाग र संयाेजक ताेकेकाे हाे । बैठकले सल्लाहकार समिति पनि बनाएर केही सदस्यहरु पनि चयन गरेकाे छ । सल्लाहकार समितिमा केही नाम पछि थप्ने गरी आत्माराम पाैडेल, कृष्ण बिसी, विमल काेइराला, अनार बस्नेत, महेन्द्रराज श्रेष्ठ, मुकुन्द ढुङ्गाना र किरण रेग्मीलाइ चयन गरेकाे छ ।

क्षेत्रीय समितिकाे बैठकले इन्जिनियर ध्रुव थापाकाे सभापतित्वमा डा मिलन गर्ताैला सचिव रहने गरी पेशाकर्मी बुद्धिजिवी सल्लाहकार समिति गठन गरेकाे क्षेत्रीय सचिव बद्रि भट्टराइले जानकारी दिए । सचिव भट्टराइका अनुसार क्षेत्रीय समितिकाे बैठकले ९ वटा विभाग र त्यसका संयाेजक पनि ताेकेकाे छ । ताेकिएका विभाग र संयाेजकहरूमा सूचना संचार तथा प्रचार विभागकाे संयाेजकमा प्रवेश लामिछाने, प्रशिक्षण नीति तथा याेजना बिभागमा बद्रि भट्टराइ, महिला लैङ्गिक समानता तथा शान्ति सुरक्षा कल्याण विभागकाे संयाेजकमा जया भण्डारी, आर्थिक विभागमा रामविनाेद लामिछाने, अनुगमन, मूल्याङ्कन तथा अभिलेख विभागमा रमेश भुषाल, युवा तथा खेलकुद विभागमा मिलन जाेशी रहेका छन् ।

त्यसैगरी स्वास्थ्य विभागमा कमला खनाल, शान्ति सुरक्षा तथा प्रशासन विभाग श्याम तिमिल्सिना र भातृ संघ एवम् समन्वय विभागमा महेन्द्र श्रेष्ठलाइ संयाेजक ताेकिएकाे छ । गैरसरकारी संस्था तथा सामाजिक विभागकाे संयाेजक भने पछि ताेकिने सचिव भट्टराइले जानकारी गराए ।

काेराना नियन्त्रणमा खर्च गरिएकाे ०७८ असार ३१ अघिकाे साँढे १२ अर्बकाे एकीन विवरण छैन

Previous article

नदी क्षेत्रकाे अबैध उत्खनन् बिरूद्ध प्रहरी सक्रिय

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *