स्थानीय

वैदिक सनातन धर्म निर्देशित राष्ट्र बनाउने भन्दै काठमाडाैँ-४ मा प्रधानकाे उम्मेदवारी घाेषणा

0

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी सन्तोष प्रधानले काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । आफ्नाे सामाजिक सन्जालमार्फत उम्मेदवारी घाेषणा गर्दै प्रधानले नेपाललाई वैदिक सनातन धर्म निर्देशित समाजवादी राष्ट्र बनाउने उद्देश्य राखेकाे उल्लेख गरेका छन् ।  उम्मेद्वारी  घोषणासँगै प्रधानले नौ वटा प्रतिवदद्धता पनि सार्वजनिक गरेका छन।

प्रधान सार्वजनिक गरेकाे प्रतिबद्धतापत्रमा धर्मनिर्देशित, पक्षपातबिहीन, शोषणमुक्त, सुसंस्कृत, सुशिक्षित, सुरक्षित, सम्पन्न, सेवापरायण, स्वस्थ, तथा सर्वहीतप्रद व्यक्ति तथा समाजको संरचना निर्माण गर्नका लागि आफुलाई मतदान गर्न आग्रह  गरिएकाे छ । प्रतिबद्धतापत्रसहित व्यक्तिगत वेवसाइटसमेत सार्वजनिक गरेका प्रधानले उम्मेदवारी घाेषणासँगै निर्वाचनको तयारी थालेको बताएका छन् । प्रधान ०७० सालकाे दाेस्राे संबिधानसभा निर्वाचनमा पनि काठमाडाैँ क्षेत्र नं ४ विवेकशील पार्टीबाट कुकुर चिन्ह लिएर उम्मेदवार भएका थिए ।

सन्तोष प्रधान चौधरीका प्रतिबद्धतापत्र यस प्रकार रहेकाे छ :

१) शासनव्यवस्था: वैदिक सनातन धर्म निर्देशित समाजवादी शासन व्यवस्था, सांस्कृतिक राजसंस्थासहितको शंकराचार्यमण्डल निर्देशित प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति ।

२) संघियता: स्थानीय तहको सबलीकरणसंगै प्रदेशसंरचनाको खारेजी गर्ने ।

३) अर्थतन्त्र: उन्नत समाजवाद, राज्यले समस्त नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण जिम्मेवारी लिने।  

४) सुशासन: सबै प्रकारका भ्रस्ट्राचार प्रकरणमा छानबिन, कारवाही तथा नियन्त्रण गरि सुशासन कायम गर्ने ।

५) पररास्ट्रनीति: पंचशील र असंलग्न परराष्ट्रनीतिलाई पूर्णत कार्यन्वयन गर्ने साथै MCC/SPP जस्ता सम्झौताको खारेजी ।साथै नजीकका छिमेकीहरु भारत र चिनसंग समदुरी सहितको सम्मानपूर्ण सौहार्द सम्बन्ध कायम गर्ने।

६) उर्जा: अल्पकालीन रुपमा अन्तरराष्ट्रिय बजारमूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने, साथै आगामी १० बर्ष भित्र राष्ट्रमा प्रयोग हुने उर्जा सबै हरित उर्जा (क्लिन एण्ड ग्रीन इनर्जी) हुने।

७) जनजिवीका/विकास: ३ बर्ष भित्रमा कपन, बुढानिलकण्ठ क्षेत्रमा बर्खेबाढी पूर्णत: नियन्त्रण गर्ने ।साथै सोहि अवधि भित्र यस क्षेत्रका सम्पूर्ण शहरी तथा अर्ध-शहरी क्षेत्रमा राष्ट्रिय/अन्तर-राष्ट्रिय मापदण्ड अनुसार पर्याप्त मात्रामा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने ।

८) वातावरण/पर्यावरण: ५ बर्ष भित्र यस क्षेत्रका सबै खाली जमिनहरु तथा सडक किनारमा (सबै सरोकारवालाहरुसंग छलफल गरि) जति मत दाता छन्, त्यति नै वा सो भन्दा बढी संख्यामा ब्यबस्थित तरिकाले वृक्षारोपण गर्ने ।

९) धर्म/संस्कृति: काठमाडौँ क्षेत्र न. ४ मा रहेका सम्पूर्ण धार्मिक तिर्थस्थल, धाम र गुठीहरुको ब्यबस्थापन र संरक्षण गर्ने । संस्कृत भाषाको बिस्तार र वैदिक ग्रन्थहरुको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरि आर्य एवं वैदिक संस्कृति अवलम्वन गर्न प्रेरित गर्ने ।

प्रतिज्ञा: सुविधा भोगी प्रवृत्ति त्याग गरि स्वच्छ छबि कायम गर्दै नागरिक, समाज र रास्ट्रको सेवा गर्ने ।  

“चाँपाबाेट” भन्ने ठाउँकाे पहिचान गुम्ला भन्ने डरले स्थानीयवासीले चाँपकाे वृक्षाराेपण गरे

Previous article

काेराना नियन्त्रणमा खर्च गरिएकाे ०७८ असार ३१ अघिकाे साँढे १२ अर्बकाे एकीन विवरण छैन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *