नकारात्मक समाचारकाे केन्द्र बनिरहेकाे बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बृद्धभत्ता लिन आएका बृद्धवृद्धाले समयमा सेवा पाउन सकेका छैनन् । सुशासन समितिका संयाेजकसमेत रहेका वडाध्यक्ष शम्भु भट्टराइ १ बजेसम्म कार्यालयमा पुगेका छैनन् भने १२ बजेसम्म वडा कार्यालय परिसरमै रहेकाे बैंककाे ढाेका बन्द छ । स्थानीय काँग्रेस नेता टंक सापकाेटाले वडा कार्यालयबाट गराएकाे जानकारी अनुसार अहिले ११.५७ बज्यो, जेष्ठ नागरिहरू पेटीमा भत्ता लिन लाइन बसेका छन्, बैक बन्द छ । सेवाग्राही वडा कार्यालयभरी छन्, वडा अध्यक्ष छैनन् ।
Comments