स्थानीय

कपनमा राज्यलाइ चुनाैति दिएर चलिरहेकाे इशाइ धार्मिक संस्था ‘सच्चाइ’ हटाउन स्थानीयवासी आन्दाेलित

0

  • केशव पाठक

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ काे कपनटारमा करिब ६ वर्षअघि स्थापित भएकाे सच्चाइ नामक इशाइ संस्थाले राज्यलाइ ठाडाे चुनाैति दिइरहँदा पनि सम्बन्धित पक्ष माैनझैँ  छ । “तपाइँ अस्पताल नजानुस्, औैषधी नखानुस्, हामी कहाँ आउनुस् सबै राेग ठीक हुन्छ” भनेर मान्छे बटुल्ने याे संस्थामा राेगका नाममा जानेहरूकाे ठूलाे भीड बढिरहेकाे छ । राेगका नाममा साेझासाझा तथा दुखी मान्छे बटुल्ने र विस्तारै इशाइ धर्ममा परिवर्तन गर्न लाउने सच्चाइकाे धन्दा देशभर चलिरहेकाे छ ।

इश्वरीय मार्ग भनेर बाइबल पढाउने तथा जिसस क्राइस्टलाइ पुज्ने सच्चाइले सुरूवाति दिनमा भने इशाइ भनेर गतिबिधि गर्दैनथ्याे । बिस्तारै मानिसकाे भीड बढ्न थालेपछि याे संस्थाले भीडमा धर्म परिवर्तनकाे खेल खेलिरहेकाे छ । धेरैले धर्मसँग सच्चाइले व्यापार गरिरहेकाे बताइरहेका छन् । धार्मिक व्यपारकाे याे सिलसिला देशभर गतिलै फस्टाएकाे छ ।

तथापि उठ्न र उठाउन पर्ने विषय धर्म परिवर्तनभन्दा पनि राज्यलाइ नै चुनाैति दिएर अस्पताल जानु पर्दैन, औषधी खानु पर्दैन भनेर सच्चाइले अस्पताल, डाक्टर तथा सिङ्गाे स्वास्थ्य प्रणालीप्रति चुनाैति दिइरहेका छन् । याे विषय धार्मिकमात्र हुँदै हैन भन्दै याे जनस्वस्थ्यकाे विषय भएकाेले स्थानीयवासी सच्चाइ केन्द्रलाइ हटाउन लागि परेका हुन् ।

स्वास्थ्यजस्ताे मानिसकाे सबैभन्दा महत्वपूर्ण विषयमा दिनदहाडै चुनाैति दिएर अस्पताल र औषधीकाे नखान आग्रह गरिरहँदा स्थानीय तह(बुढानिलकण्ठ नगरपालिका) भने विगत ५ वर्षदेखि माैन भएर रमिता हेरिरहेकाे छ । सच्चाइ केन्द्रकाे ५०० मिटर दुरीमा  निर्माणाधीन अबस्थामा रहेकाे बुढानिलकण्ठ नगर अस्पताललाइ चुनाैति भैरहेकाे स्थानीयवासीकाे ठहर छ ।  सच्चाइ केन्द्र हटाउन स्थानीय तह आफै तात्नु पर्ने स्थानीयवासीले भन्दै आएका छन् । “साेझासाझा निमुखा मानिसलाइ राेग ठीक हुन्छ भनेर भेला गराएर धर्म नै परिवर्तन गराउने खेल अक्षम्य अपराध हाे”, संघर्ष समितिका श्यामबाबु श्रेष्ठले भने ।  “हामी लामै समयदेखि आन्दाेलित छाैँ तर भनेजति बल पुगेकाे छैन । याे सामाजिक कुरूतिलाइ हटाएरै छाड्नपर्छ सबैकाे साथस हयाेग चाहियाे”, श्रेष्ठले भने ।

एकमहिना अघि सच्चाइ केन्द्रले गलत कामले आजीत भएर स्थानीयवासी ताते र आन्दाेलनमा उत्रिए । आन्दाेलनले एउटा रूप नै लियाे। सच्चाइका मानिसहरूले आन्दाेलनलाइ कमजाेर गराउन हातपातमासमेत उत्रिए । प्रहरी निरीक्षकसमेत घाइते भएका थिए । याे आन्दाेलनले एउटा उच्चस्तरीय समिति बनायाे, जसले समस्या बुझ्ने र समस्याकाे आधारमा स्थानीय तहले त्यसलाइ कारबाही गर्ने कुरा तय भयाे । समितिले प्रतिवेदन बनाएर बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीलाइ बुझायाे । प्रतिवेदन बनेर कार्यान्वयन नहुन्जेल स्थानीयवासी शान्त वस्ने र सच्चाइले कुनै पनि गतिबिधि नगर्ने भनिएकाे थियाे । साेही अनुरूप स्थानीयवासी चुपचाप बसे । तर २ दिन अघि सच्चाइ केन्द्र खुल्याे र भीड लाग्याे धार्मिक गतिबिधि सुरू भए ।

अब फेरि स्थानीयवासी आन्दाेलित भएका छन् । पहिलाे चरणमा उनीहरूले प्रतिवेदनकाे निर्णय कार्यान्वयन गराउन नगरपालिकालाइ दवाव दिन प्रयास गर्नेछन् । त्यसका लागि उनिहरुले नगरपालिकालमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । स्थानीयवासीकाे हस्ताक्षर संकलन गरेर नगरपालिका धर्ना बसेर पनि सच्चाइ केन्द्र बन्द गर्न नसके अर्काे चरणकाे वार कि पारकाे लडाइँ लड्ने तयारीमा रहेकाे संघर्ष समितिका उमेश खड्काले बताए ।

स्थानीयवासीकाे याे आन्दाेलनप्रति स्थानीय राजनीतिक दल पनि सकारात्मक छन् । सच्चाइले गलत काम गरेर राज्यालाइ चुनाैति दिएकाे भन्ने कुरामा दलकाे बुझाइ पनि स्पष्ट देखिन्छ । सांसद गगन थापाले संघर्ष समितिकाे आन्दाेलनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

यसैबीच संघर्ष समितिले स्थानीय राजनीतिक दलहरूलाइ बाेलाएर गरेकाे अन्तर्क्रियामा बाेल्दै काँग्रेसका राधेश्याम कार्की, एमालेका कृष्ण भट्टराइसहित राप्रपाकाे प्रतिनिधिले स्थानीयवासीकाे आन्दाेलनमा हाेस्टेमा हैसे गर्ने जनाएका छन् ।

देशकाे राजधानीकाे मुख्य सहरमा स्वास्थ्य क्षेत्रमा  राज्यलाइ नै चुनाैति दिएर सच्चाइले गरिरहेकाे गतिबिधि अक्षम्य अपराध गरिरहेका छन् । धार्मिक गतिबिधि संचालन गर्न पाइन्छ तर स्वास्थ्य विषयमा साेझासाझा मानिसलाइ धर्म परिवर्तन गराउने खेल तत्काल बन्द हुनुपर्छ ।

क्षेत्र नं ४ काँग्रेसले महामन्त्री गगन थापाकाे उपस्थितिमा वडैपिच्छे अन्तर्क्रियात्मक समिक्षा गर्दै

Previous article

बुढानिलकण्ठ १२ मा भत्ता लिन आएका बृद्धबृद्धाकाे बिचल्ली, १ बजेसम्म वडाध्यक्ष कार्यालयमा छैनन्

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *