वातावरणस्थानीय

“चाँपाबाेट” भन्ने ठाउँकाे पहिचान गुम्ला भन्ने डरले स्थानीयवासीले चाँपकाे वृक्षाराेपण गरे

0

काठमाडाैँबाट नुवाकाेट जाने बाटाेमा नुवाकाेट जिल्लाकाे शिवपुरी गाउँपालिकामा पर्ने चाँपाबाट भन्ने ठाउँकाे नामसँग जाेडिएकाे चाँपका बाेटलाइ पहिचानसँग जाेडेर स्थानीयवासीले चाँपका रूख संरक्षण तथा वृक्षाराेपण गरेका छन् । शिवपुरी गाउँपालिका वडा नं ६ काे चाँपबाेट क्षेत्रमा बागवानी केन्द्र त्रिशुलीबाट ल्याइएका चाँपका विरूवा वृक्षाराेपण गरिएकाे हाे ।

काठमाडाैँबाट टाेखा हुँदै त्रिशुली जाने बाटाेमा प्रशिद्ध ठाउँ चाँपाबाेटमा रहेके विशाल चाँपकाे बाेटकाे चाैताराेमा माेटरबाटाे नहुँदा आवतजावत गर्नेहरू बसेर थकाइ मार्थे । साे चाँपाबाेट बुढाे भएर मरेपछि मानिसहरूले चाँपाबाेटकाे नामकाे पहिचान खाेजेपछि स्थानीयवासीले चाँपका बिरूवा वृक्षाराेपण गरेका हुन् ।

वैदिक सनातन धर्म निर्देशित राष्ट्र बनाउने भन्दै काठमाडाैँ-४ मा प्रधानकाे उम्मेदवारी घाेषणा

Previous article

वैदिक सनातन धर्म निर्देशित राष्ट्र बनाउने भन्दै काठमाडाैँ-४ मा प्रधानकाे उम्मेदवारी घाेषणा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *