स्थानीय तह चुनावपश्चात नेपाली काठमाडाैँ क्षेत्र नं ४ आन्तरिक समिक्षामा व्यस्त रहेकाे छ । बुढानिलकण्ठ नगरपालिकामा पराजयदेखि केहि वडामा वडाध्यक्ष पराजय तर सदस्यहरकाे विजयजस्ता विषयले क्षेत्रमा देखिएकाे अनबनलाइ अन्तर्क्रियामार्फत सम्बाेधन गर्न सांसद तथा नेका महामन्त्री गगन थापा आफै सक्रिय देखिएका छन् ।
समस्याभन्दा गुनासा धेरै देखिएकाले महामन्त्री आफै समिक्षात्मक अन्तर्क्रियामा सक्रिय भएकाे बुढानिलकण्ठ २ काे कार्यक्रमका एक सहभागिले वाग्मती टुडेलाइ बताए । वडा नं २ मा वडाध्यक्ष पराजित भए पनि ४ जना सदस्यकाे जितेका थिए । वडाध्यक्षकाे पराजयपश्चात एकअर्कामा दाेषाराेपणकाे राजनीति माैलाएपछि यसलाइ समिक्षा तथा अन्तर्क्रियाले सम्बाेधन गर्ने क्रममा वडा नं २ मा कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा सहभागिहरूले आफ्नाे आफ्नाे धारणा प्रस्तुत गर्ने र ती धारणालाइ पार्टी नेतृत्व र महामन्त्रीले सम्बाेधन गरेर सरलीकरण गरेर आपसी सम्बन्धलाइ मजबुत बनाउने काम भैरहेकाे ती सहभागिले बताए । अन्तर्क्रियात्मक समिक्षा कार्यक्रममा वडाका कृयाशील सदस्य तथा नेतृत्वमात्रै बसेर गर्ने गरिएकाे छ ।
Comments