काराेवार/अर्थतन्त्र

नेपालले ११ महिनामा साढे ४ अर्बको अलैंची निर्यात गर्याे

0

नेपालले चालू आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। चालू वर्षको ११ महिने अवधिमा नेपालबाट सो परिमाणको अलैंची विदेश निर्यात भएको हो।

विभागको तथ्यांकअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैंची निर्यात भएको हो। नेपालबाट निर्यात हुने अलैंची दक्षिण एसियाका २ मुलुकमा निर्यात हुने गरेको छ। नेपालबाट भारत र पाकिस्तानमा अलैंची निर्यात हुँदै आएको छ।

नेपालले भारततर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैंची निर्यात गरेको छ। सोही अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैंची निर्यात भएको छ।

असार ३२ गते विनय वर्माकाे सम्झनामा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम हुने

Previous article

मनपरी खाेलिएका बाटा, काटिएका डाँडाले पहाडी साैन्दर्य कुरूपमात्र भएन पहिरोको जोखिम पनि बढ्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *