कला/संगीत

असार ३२ गते विनय वर्माकाे सम्झनामा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम हुने

0

सङ्गीतकार विनय वर्माकाे सम्झनामा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम हुने भएकाे छ । नेपाली सङ्गीत क्षेत्रमा संङ्गीतकार तथा सङ्गीत गुरूका रूपमा विशिष्ट याेगदान पुर्याएका वर्माकाे सम्झनामा नेपाल टुरिजम बाेर्डकाे हलमा विशेष कार्यक्रम आयाेजना हुन लागेकाे हाे । साङ्गीतिक श्रद्धाञ्जली भनिएकाे कार्यक्रममा ६ वटा विशिष्ट कार्यक्रम आयाेजना हुने गायिका तथा विनय वर्माकी सुपत्री सुजाता वर्माले उल्लेख गरेकी छिन् ।

श्रुती सङ्गीतालयले कपन सङ्गीत सराेवरका साथमा आयाेजन गर्न लागेकाे कार्यक्रममा श्रुती सङ्गीतालयका विद्यार्थीहरूले विनय वर्माका रचना तथा सङ्गीतका भजन गाउने कार्यक्रम रहेकाे छ । श्रद्धाञ्जली कार्यक्रममा  सुजाता वर्माकाे शास्त्रीय गायन, प्रहर्ष महर्जनकाे तबला साेलाे, श्री केसीकाे ध्रुपद गायनजस्ता कार्यक्रम राखिएकाे छ ।

श्रुती सङ्गीतालय र कपन सङ्गीत सराेवर  विनय वर्मा आबद्ध संस्था हुन् । साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम आषाढ ३२ गते दिनकाे ३ बजे प्रदर्शनीमार्गस्थित नेपाल टुरिजम बाेर्डकाे सभाहलमा हुनेछ ।

काैडाेल फेदीदेखि डाँडासम्म जाने बाटाे मध्यवर्षामा सूचनापाटीसमेत नराखी अनियमित काम हुँदै

Previous article

नेपालले ११ महिनामा साढे ४ अर्बको अलैंची निर्यात गर्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *