बुढानिलकण्ठमा विकास निर्माणका कामहरुमा अनियमितता हुनु सामान्य कुराजस्तै हाे । उपभाेक्ता समितिमार्फत हाेस् वा टेन्डरकाे काम जताततै अनियमितता देख्न पाइन्छ । सुचनापाटीसम्म नराखीकन असरल्ल् काम भएकाे एउटा अर्काे घटना वुनपा १३ मा देखिएकाे छ । त्यसाे त, वडा नं १३ मा यस्ता घटना सामान्य नै हाे तर जनताकाे करबाट आर्जित भएकाे बजेटकाे याे खाले दुरूपयाेगयूक्त काम आफैमा भर्तस्नायूक्त छ ।
बुनपा १३ काे काेडाैलफेदीबाट डाँडासम्म जाने बाटाे जहाँ अनियमितताकाे श्रृंखला देख्न पाइन्छ । प्रदेश सरकारकाे दुइवटा बजेटमा भैरहेकाे काम मध्यवर्षमा बिजाेग तरिकाले काम भैरहेकाे देख्न सकिन्छ । एकातिर कसले कति बजेटमा के काम गरिरहेकाे भनेर सुचना पाटी राखिएकाे छैन भने हिलाेमाटाेमा ग्राभेल छरिएकाे छ भने साइडड्रेन पनि मजबुत बनाइएकाे छैन । व्यक्तिगत इन्ट्रेस्टमा बाटाेलाइ सामुदायिक वनकाे रूख काट्नेगरी वाल लगाइएकाे छ । बाटाे बढाउँदा काटिएकाे रूखहरू हराएका छन् । व्यक्तिगत जग्गा बढाउन सामुदायिक वनलाइ अनावश्यक मिचिएकाे छ ।
असार महिनाकाे मध्य वर्षामा काैडाेल डाँडामा अनियमितताकाे श्रृङ्खला हेर्न पाइन्छ । सामान्य मानिसलाइ पनि बिझाउने काम यहाँ देख्न सकिन्छ । सूचना पाटीसमेत नराखी भैरहेकाे कामलाइ नगर तथा वडाले अनुगमन गरेकाे छैन भने स्थानीयवासी बाटाे हेरेर गाली त गर्छन् तर सम्बन्धित ठाउँमा उजुरी भने दिँदैनन् ।
Comments