बुढानिलकण्ठभित्र पर्ने यज्ञडाेल अर्थात जगडाेल जुन ठाउँले त्रेतायुगका पात्रसँगकाे किंबन्दती बाेकेकाे छ । हाल बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं ११ मा पर्ने जगडाेल गाेकर्णेश्वर महादेव मन्दिरकाे सिमानामा रहेकाे छ । त्यसैगरी जगडाेलमा हालै शहीद तथा निजामती पार्क पनि बनेकाे छ । त्यसैगरी यहाँ उपत्यका दर्शनावलाेकन गर्ने मिल्ने ठाउँमा झण्डा पार्क पनि रहेकाे छ । हाल जगडाेललाइ झण्डापार्कका कारण पनि चिनिने गरिन्छ।
पहिचानकाे भिन्न स्वरूपमा बाँडिएकाे जगडाेलका युवा तथा युवा क्लबहरू सामाजिक सक्रृयता व्यस्त हुन थालेका छन् । युवाहरूले जीर्ण भएकाे झण्डा पार्ककाे विशाल झण्डालाइ परिवर्तन गरेका छन् । स्थानीय युवा दिनेश केसीकाे अग्रसरमा आषाढ २५ गते झण्डा फेर्ने काम सम्पन्न भएकाे छ । युवाहरूका साथमा स्थानीयवासीहरुकाे सक्रियतामा झण्डा फेर्ने र सरसफाइ गर्ने काम सम्पन्न भएकाे स्थानीय कुमार खड्काले वाग्मती टुडेलाइ जानकारी गराए ।
Comments