मुख्य समाचार

सुशीला पाैडेलकाे मनुषी (मुक्तक सङ्ग्रह) र खुसीविनाको मुस्कान (गजल सङ्ग्रह) लाेकार्पण

0

नेपाली साहित्यमा सशक्त बन्दै गएकाे एक नाम हाे सुशीला पाैडेल । साहित्यका भिन्न भिन्न बिधामा कलम चलाइरहेकी सुशीला पाैडेलका नविनतम २ कृति एकसाथ लाेकर्पण गरिएकाे छ । गीत लेखनमा परिचित  पाैडेलकाे ‘तृषा’ उपन्यास चर्चित कृति मानिन्छ ।

पाैडेल दुइ दशकदेखि गजल लेखनमा पनि कलम चलाउँदै आएकी छिन् भने एक दशकदेखि मुक्तक लेखनमा पनि नियमित कलम चलाउँदै आएकी छिन् ।

साहित्यकार सुशीला पाैडेलका नविनतम दुइ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाइ राजधानीकाे प्रज्ञा प्रतिष्ठानकाे हलमा आषाढ २४ गते शुक्रबार एक विशिष्ट कार्यक्रमबीच लाेकर्पण गरिएकाे छ । नेपाली भाषा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरु चुडामणि देवकाेटा, दिनेश अधिकारी, एस्पि काेइराला, डा.गीता त्रिपाठीआदिका साथमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री गगन थापाद्वारा मुक्तक तथा गजल संग्रहकाे लाेकर्पण गरिएकाे थियाे । कार्यक्रममा विमाेचित कृतिमाथि समिक्षासमेत गरिएकाे थियाे । प्राध्यापन पेशामासमेत सक्रिय सुशीला पाैडेलका ४ दर्जन गीत रेकर्ड भैसकेका छन् ।

 

गगन थापा, “प्रधानमन्त्रीमा एटेम्प्ट” र नेपाली राजनीतिकाे टर्निङ प्वाइन्ट

Previous article

जगडाेलका युवाहरू सामाजिक तथा पहिचानका कृयाकलापमा सक्रिय

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *