राजनीति

ज्याेतिषीले राेकेका कारणले प्रम देउवाद्वारा चुनावकाे मिति घाेषणा गर्न विलम्ब

0

प्रधानमन्त्री शेरबहादुर देउवा शीघ्र निर्वाचन घोषणा गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गराउने योजनामा भए पनि ज्योतिषीका कारण निर्वाचन मिति घोषणामा विलम्ब भएको समाचार प्राप्त भएको छ ।

वामपन्थी कम्युनिष्टहरूबीच गठबन्धन बन्न नदिन अनेक ढङ्गले प्रयासरत देउवा ‘रात रहे अग्राख पलाउने’ कुराले चिन्तामा रहेको बुझिन्छ । प्रचण्ड-माधवसँग मिलेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने योजनामा रहेका देउवाको सपना काङ्ग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने र ‘स्याटलाइट’ पार्टीहरूको सहयोग लिएर काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु रहेको छ । त्यसनिम्ति उनी यथाशीघ्र निर्वाचन गराउन चाहन्छन्, सकेसम्म कात्तिक महिनामै चुनाव गराउने देउवाको योजना हो । तर ज्योतिषीले साउनको पहिलो सातामा चुनावको मिति घोषणा गर्न उत्तम हुने सुझाव दिएकोले देउवा धैर्य गर्न बाध्य भएका हुन् ।

प्राप्त जानकारीअनुसार आगामी साउन ३ गते चुनावको मिति घोषणा गर्दा देउवाको पक्षमा परिणाम आउन सक्ने सुझाव ज्योतिषीले दिएको बताइन्छ । चुनावको मिति घोषणा भइसकेपछि राजनीतिक रूपमा आफू ज्यादा सूरक्षित हुने विश्वास देउवाले गरेका छन् । देउवामाथि पार्टीका हितैषीहरूले भने साउन ३ गतेसम्म नपर्खिन र तत्काल चुनाव घोषणा गर्न दबाब दिइरहेका छन् । चुनाव घोषणा नगर्ने हो भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने या बहुसङ्ख्यक सांसदहरूले राष्ट्रपतिलाई गुहार्न सक्ने भनी हितैषीहरूले देउवालाई सचेत गराएका छन् । घटना र विचारबाट

पर्यटककाे आकर्षण केन्द्र बन्याे पाल्पा दरबार संग्रहालय

Previous article

उपत्यकाका ढुङ्गेधाराका बारे अध्ययनमुलक पुस्तक “हिति प्रणाली” विमाेचन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *