विकाससमसामयिक

थानकोट-चित्लाङ-भीमफेदी सडक, ढुङ्गा बिक्री गर्ने थलो मात्र बन्यो

0

सरकारले बजेटमार्फत चितवन-काठमाडौं एक घण्टामा आउन मिल्ने सडक बनाउने घोषणा गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको योजनामा बजेटमा यो कार्यक्रम राखिएको थियो। चित्लाङहुँदै चितवनसम्म एक घण्टामा पुग्न सकिने हावादारी कार्यक्रम राखिएको भन्दै आलोचना समेत भयो। चितवन एक घण्टामा पुग्ने गरि सडक बनाउने घोषणा हावादारीनै रहेको पुष्टीका लागि टाढा जानुपर्दैन्। त्यही थानकोट-चित्लाङ-भीमफेदी सडकलाई हेरे पुग्छ। बजेटमा चित्लाङहुँदै चितवन जोड्ने प्राथमिकताका साथ उल्लेख छ।

तर, त्यही थानकोट-भीमफेदी सडकको ट्रयाक खनेको ५६ वर्षसम्म स्तरोन्नति भएको छैन। र, कतिपय स्थानमा ट्रयाक खनेकै हालतमा छ। ५६ वर्षसम्म स्तरोन्नति नभएको सडकले काठमाडौं-चितवन एक घण्टा पुग्ने घोषणालाई गिज्याइरहेको छ।थानकोट-भीमफेदी सडकको ऐतिहासिक महत्व बोकेको छ। जुन सडकबाट गाडी बोकेर ल्याइएको थियो। काठमाडौंमा मोटर ल्याउन वीरगंजदेखि मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो। भीमफेदीबाट भने बोकेर काठमाडौंमा गाडी ल्याइएको थियो।

२०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) निर्माण भएपछि मात्रै काँधमा गाडी बोक्न छाडिएको थियो। स्थानीयले २०१८ देखि २०२३ सालसम्म गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ-थानकोट मार्गको निर्माण भएको थियो। यो सडक सामान्य स्तरोन्नति मात्रै भएको छ। तत्कालीन सांसद रामलाल श्रेष्ठको पहल र चित्लाङका अगुवा बाबुकाजी मानन्धरलगायतको अग्रसरतामा यो गाडी बोकेर ल्याउने गोरेटो बाटो नयाँ सडकमा परिणत भएको थियो। यसमा स्थानीय उनलाई

२०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरोन्नतिको काम सुरु गरिएको थियो। तर यो सडकको स्तरोन्नति गर्ने कामले भने तीब्रता पाउन सकेको छैन्। यो सडकको अहिले काठमाडौंतर्फको काम भइरहेको छ। तर त्यहाँ रहेका ढुङ्गा र चट्टानका कारण काम गर्न समय लागेको आयोजनाका अधिकारीहरु बताउँछन्। ती अधिकारीका अनुसार चन्द्रागिरि भन्ज्याङदेखि चनवन ब्यारेकसम्मको काम भने लगभग अन्तिम चरणमा पुगेको छ। काठमाडौंतर्फको काम भने विभिन्न बहानामा अवरुद्ध हुँदै आइरहेको छ।

कुल २२.५ किलोमिटर लम्बाइ रहेको यो सडकको काठमाडौंतर्फ ८.३ किलोमिटर र मकवानपुरतर्फ १४.२ किलोमिटर पर्छ। यो सडक काठमाडौं थानकोट चेकपोस्टबाट सुरु भएर पातिघाट, चन्द्रागिरि भन्ज्याङ, चित्लाङ, नारायणहिटी, बिसिङखेल, नौखण्डेसम्म रहेको छ। सरकारले पनि आगामी वर्षको बजेट कार्यक्रममा यो सडकलाई एक घन्टामा चितवन पुग्न सकिने गरी द्रुत मार्गको रुपमा विकास गरिने उल्लेख गरेको छ। तर यही अहिले भइरहेको सडक भने कहिलेसम्म सम्पन्न हुन्छ भन्नेमा यकिन छैन।

सरकारले ५६ वर्ष अघि ट्रयाक खोलिएको बाटोलाई गाडी कुदाउन मिल्ने त परैजाओस ८ वर्ष बितिसक्दा पनि ट्रयाक समेत खोल्न सकेको छैन। भरपुर सहयोग र श्रमदान गरेका थिए। यो सडकको ट्रयाक खोलेको पनि झण्डै ५६ वर्ष भएको छ।

ढ्ङ्गा बिक्री गर्ने थलो मात्र बन्यो

कम्पनीले थानकोट चेकपोस्टदेखि चन्द्रागिरि भन्ज्याङसम्म ६ करोड रुपैयाँ लागतमा ठेक्का लिएको थियो। साथै त्यस क्षेत्रको पहाड कटिङ गरेर आएको ढुङ्गा ठेकेदारले नगरपालिकाको सहकार्यमा बिक्री गर्न पाउने गरी सम्झौता भएको थियो। भौगोलिक कठिनाइ र अनावश्यक विवादका कारण काममा केही ढिलाइ भए पनि पछिल्लो समय रफ्तारमा काम भइरहेको निर्माण कम्पनी र आयोजनाले बताएको छ। तर स्थानीयका अनुसार बाटो स्तरोन्नति सुस्त हुनुमा गुणस्तरीय ढुंगा रहेको बताउँछन्। ‘निर्माण कम्पनी पनि ढुङ्गा बिक्री गर्न मात्र लागिपरेको छ,’ एक स्थानीयले भने।-बिजमान्डु

वर्षे विकासः वाग्मती प्रदेशमा ११ महिनामा २० करोड,१९ दिनमा ३० करोड खर्च !

Previous article

चार वर्षदेखि २ वटा सिमलको रुखले रोकेकाे ६ लेनको सडककाे कथा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *