मुख्य समाचार

आयल निगमद्वारा पेट्राेलमा २ रूपैँया तथा डिजेलमा ९ रूपैँयाले मूल्यबृद्धि

0

नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। यसअघि निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई १० बुँदे सुझावसमेत दिएको छ ।

कालोपत्र भएको दुई महिनामै भत्कियाे गोकर्ण–नयाँपाटी सडक खण्ड

Previous article

वर्षे विकासः वाग्मती प्रदेशमा ११ महिनामा २० करोड,१९ दिनमा ३० करोड खर्च !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *