साहित्य

कबा साहित्यिक साप्ताहिक पुरस्कार तथा सम्मान-०७९ का लागि ७ विशिष्ट प्रतिभा चयन

0

कपन बानेश्वर साहित्यिक साप्ताहिकले आफ्नो दशौँ वर्ष पूरा गरेकाे छ । दशाैँ वार्षिकाेत्सवकाे अवसरमा साप्ताहिकले सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।कपन बानेश्वर साहित्यिक साप्ताहिकका निबन्ध आचार्यका अनसार कपन बानेश्वर साहित्यिक साप्ताहिकको वर्ष दशमा प्रकाशित रचनाहरू मध्येबाट शीतल गिरीलाई नालाङ्ग ‘कबा रचना पुरस्कार’ ( पुरुष ) प्रदान गर्ने भएकाे छ । त्यसैगरी तारा केसीलाई ‘श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’ (नारी) प्रदान गरिने छ ।

त्यस्तै इन्द्रकुमार श्रेष्ठ ओखलढुंगालाई ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ (मोफसल) ,तृष्णा श्रेष्ठलाई ‘हेमगङ्गा कबा रचना पुरस्कार’ (बाल)प्रदान गरिने बताइएकाे छ  । गत वर्षसम्म कबा समाचार पुरस्कार प्रदान गरिँदै आएकोमा यो वर्षदेखि सोको नाम ‘कबा साहित्यिक पत्रकारिता पुरस्कार’ नामाकरण गरी साहित्यिक पत्रकार उमेश पाण्डेलाई प्रदान गरिने साप्ताहिकले जनाएको छ ।

साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई ‘कबा विशिष्ट सम्मान’ र विष्णु ओलीलाई ‘कबा सम्मान’ प्रदान गर्ने भएको छ । साप्ताहिकको प्रवन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिले सिफारिस गरेको आधारमा प्रतिभा चयन गरिएको कपन बानेश्वर साहित्यिक साप्ताहिकका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले जानकारी दिए।

सो सम्मान तथा पुरस्कार साउन ७ गते शनिबार पत्रिकाको दशौँ वार्षिकोत्सब कार्यक्रममा प्रदान गरिने पत्रिकाका सहसम्पादक परशुराम अधिकारीले बताएका छन्  । नेपालमा साहित्यिक साप्ताहिक पत्रिकाका रूपमा सक्रिय एकमात्र पत्रिका कपन बानेश्वरले हरेक वर्ष वार्षिकोत्सवमा सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ ।

भारतबाट फर्किने नेपालीमा काेराेना सङ्क्रमण बढ्न थाल्याे, नेपालमा संक्रमणकाे ग्राफ पनि बढ्दाे

Previous article

आफू बिरूद्ध अफवाह फैलाउन केपि ओली र उनका भ्रष्ट गिराेह लागेकाे भन्दै डा केसीले छानविन गर्न माग गरे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *