स्थानीय

फाेहरले हिड्नै नसक्ने भएपछि यज्ञडाेल जगडाेल युवा क्लबले सरसफाइ विशेष अभियान चलायाे

0

बुढानिलकण्ठ ११ जगडाेल मार्गमा फाेहर जम्मा भएर सबैतिर दुर्गन्ध फैलिएर हिँड्दासम्म नाक थुन्न पर्ने भएपछि स्थानीय युवा क्लबले सरसफाइ अभियान संचालन गरेकाे छ । बुढानिलकण्ठ ११ काे यज्ञडाेल जगडाेल युवा क्लबले स्थानीय जनप्रतिनिधिसहित सम्मिलित गरेर फाेहर सरसफाइ तथा सरूवा राेग नियन्त्रण विशेष अभियान सुरू गरेकाे छ ।

असार १८ गते सनिवार जगडाेल मुख्य प्रवेश मार्गमा भरिएको खचाखच फाेहरहरूलाइ एकिकृत गरि पठाइएकाे थियाे ।क्लबका पदाधिकारी सदस्यहरूसहित स्थानीय जनप्रतिनिधि राजेन्द्रकुमार अधिकारी र उमेश चालिसेसहित स्थानीयवासीकाे उपस्थितिमा भएकाे सरसफाइ कार्यक्रममा फाेहरले सरूवाराेग ननिम्त्यायाेस् भनेर औषधि पनि छिटिएकाे थियाे ।

राष्ट्रिय सहिद पार्कमा आउनेहरुकै कारण फाेहर हुने गरे पनि पार्कले पैसामात्र उठाउन ध्यान दिएकाे तर सरसफाइमा ध्यान नदिएकाे प्रति स्थानीयवासीकाे गुनासाे रहँदै आएकाे छ ।

चरम दाेहनकाे मारमा फेवाताल

Previous article

नेपालमा पेट्राेलियम पदार्थकाे मूल्य घटाउन भारतसँग वार्ता गरिने

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *