हुन त याे शीर्षक कसैकाे चासाेकाे शीर्षक नै हैन । नेपालमा राजादेखि रंकसम्म कसैले ध्यान नदिने विषय भनेकाे प्रकृतिसँग सम्बन्धित विषय हाे । याे विषयमा कसैकाे चासाे हुँदैन । डाँडा भासिँदा, खाेला मासिँदा, प्रकृतिकाे दिनदहाडै दाेहन भैरहँदा बुढानिलकण्ठ नगरपालिका पछिल्ला वर्षहरूमा यति माैन भयाे कि जनसमान्यलाइ याे साँच्चै विषय नै हैन कि भन्ने लाग्याे । जनतालेसम्म आवाज उठाउन नचाहेकाे विषय प्रकृति, वनपैदावार, वन्यजन्तु संरक्षणकाे विषय हाे ।
माल पाएर चाल नपाएकाे भनेझैँ बुढानिलकण्ठ नगरपालिकालाइ राष्ट्रिय निकुन्जकाे ठूला हिस्साले छुन्छ । राष्ट्रिय निकुन्जकाे महत्वपूर्ण भागले छाेएकाे गर्व महशुस नगरपालिकाले कहिल्यै गरेन । याे राष्ट्रिय निकुन्जसहित मध्यवर्ति तथा सामुदायिक बन किन महत्वपूर्ण छ भन्ने सामान्य ज्ञान यहाँका जनप्रतिनिधिहरूकाे चासाे विषय नबन्नुमा उनलीहरुमा रहेकाे ज्ञान तथा शिक्षाकेा अभाव हाे । राष्ट्रिय निकुन्ज र यी सामुदायिक वन भनेकाे वन, पानी, वनपैदावर तथा चराचुरूङ्गीकाे खानी हुन् ।
यहाँका जङ्गलमा एक दर्जनभन्दा धेरै स्तनधारी वन्यजन्तु तथा ३०० जातका चराचुरूङ्गीकाे क्रिडास्थल हाे । यी जनावर र चराचुरूङ्गी कति महत्वकाे विषय हाे र यसकाे संरक्षण के हाे सम्बर्धन के हाे भन्ने बारेमा बुढानिलकण्ठ नगरपालिकाे बनेदेखि नै नगरपालिकाले हेक्कासमेत राख्न सकेन । यस नगरपालिकाकाे वडा नं ५, ४, ३, २ र १ ले राष्ट्रिय निकुन्जकाे हिस्सालाइ छुन्छ । यिनै वडाहरूमा सबैभन्दा धेरै मध्यवर्ति तथा सामुदायिक वनहरु रहेकाे छन् । वडा नं १० र १२ बाहेक सम्भवतः सबै वडामा सामुदायिक वनहरू रहेका छन् । तर यी वनहरू संरक्षणहिन अबस्थामा छ । वनपैदावरकाे संरक्षण सम्बर्धनमा नगरपालिकाले सिन्काे पनि भाँचेकाे छैन । बरू यिनै बनहरुमा बिभिभन्न नाममा काेपरिएकाे छ चिथरिएकाे छ । संस्था तथा व्यक्तिलाइ बाँडिएकाे छ बन ।
बुढानिलकण्ठ नगरभित्र पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज र यहाँका डेढदर्जन अन्य वनहरूमा रैथाने १७५ भन्दा धेरै जातिकाे प्रजातिका चराकाे बासस्थान हाे । त्याेबाहेक यी जंगलहरूमा प्रशिद्ध स्वर्गचरीदेखि १०० भन्दा धेरै घुमन्ते तथा आगन्तुक प्रजातिका चराहरू देख्न पाइन्छ ।
यी वन संरक्षित वनमा पाइने विश्वकै दुर्लभ सर्पदेखि कतिपय दुर्लभ चरा बुढानिलकण्ठका जंगलहरूमा पाइन्छन् । स्थानीय जनप्रतिनिधिलाई यसकाे महत्व बारे जानकारी नहुँदा यसकाे संरक्षण तथा सम्बर्धन प्रभावितमात्र नभै विनाश भैरहेकाे छ । मध्यवर्ति वनलाइ पिकनिकस्पट बनाउने नगरपालिकाकाे नयाँ नीति तथा कार्यक्रम आएसँगै वन, वनपैदावर तथा प्रकृतिलाइ जाेगाउन पर्छ भन्ने धारणासमेत अझै स्थानीय तहका जनप्रतिनिधिले बनाउन नसकेकाे देखिन्छ ।
बुढानिलकण्ठका वन, पानी, वनपैदावर, चराचुरूङ्गी तथा वन्यजन्तुकाे बासस्थानदेखि प्राकृतिक श्राेतसम्मकाे खाेजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवर्धनमा स्थानीय तह सक्रिय हुनुपर्नेमा नगरपालिका स्वयम् दीर्घकालिनरूपमा प्रकृति विनाशतिर आकर्षित देखिन्छ । प्रकृतिकाे माया तथा प्रकृति संरक्षणका विषयमा स्थानीय जनप्रतिनिधिसँगै राजनीतिक दलभित्र पनि ज्ञानकाे पूर्ण अभाव देखिन्छ । राजनीति दलहरूले प्रकृति संरक्षणदेखि याे विषयसँग सम्बन्धित कुनै पनि काममा आफूलाइ सक्रिय गरेकाे एउटा पनि घटना सुन्न वा देख्न पाइन्न, असारमा वृक्षाराेपण नामकाे एकाध कर्मकाण्डीय गतिबिधीबाहेक । त्यसैगरी बुढानिलकण्ठमा भएका सयाैँ सामाजिक संस्था तथा उपभाेक्ता समितिहरूले पनि पानीकाे श्रेातदेखि वन, वनपैदावरकाे संरक्षका लागि भनेर सक्रिय काम गरेकाे घटना भेट्याउन सकिदैन ।
मूलतः समाजलाइ डाेर्याउने, नियमन गर्ने निकाय नै स्थानीय तह भएकाले स्थानीय तहले जबसम्म याे विषयलाइ मुख्य विषय बनाउँदैन वा जनप्रतिनिधिलाइ नगरकाे मूख्य सम्पत्ति भनेकाे यी चीज हाे भन्ने लाग्दैन याे विषयले मेसाे पाउदैन ।
Comments