राजनीतिविचार/लेख

गगन थापा, “प्रधानमन्त्रीमा एटेम्प्ट” र नेपाली राजनीतिकाे टर्निङ प्वाइन्ट

0

  • केशव पाठक

पछिल्ला केही समयदेखि नेपालकाे सदनमात्र हैन नेपालका राजनीतिका महत्वपूर्ण पक्षहरू गगन थापाकाे वरिपरी घुमिरहेका छन् । थापाले सदन बाेलुन् वा पार्टीका अन्य फाेरममा उनकाे बाेलिसँग राजनीति तरङ्गित मात्र हैन परिभाषित भैरहेकाे देख्न पाइन्छ । पछिल्ला समय कलंककाे मिसाल बनिरहेका अर्थमन्त्री जनार्दन शर्माकाे राजिनामासँग थापाले १ दिन गरेकाे टिप्पणीकाे प्रभाव भनेर यतिखेर परिभाषित भएकाे छ । केही हप्ताअघि एसपीपीकाे बारेमा सदनमा उनले जब बाेले एसपीपीकाे साेच एवम् सम्भावना एकैपटक सकिएकाे थियाे ।  लहराेलाइ केलाउने हाे भने त्यस्ता दर्जन विषय वा घटना परिघटना छन् जुन गगन थापाका कारणले पूर्ण प्रभावित रहे । सदनमा केपि ओली प्रवृत्तिसँग लड्दा हाेस् वा पार्टीभित्र सभापति शेरबहादुर देउवाप्रवृत्तिसँग लड्दा हाेस् उनले आफूलाइ अब्बल र दीर्घकालीनरूपमा अर्थ खाेज्न पर्ने गरी प्रस्तुत गरेका छन् ।

गत साता ट्विटरतिर एउटा छाेटाे भिडियाे निकै प्रशंसित भएर रिट्वट भयाे । कान्तिपुर टेलिभिजनकाे एउटा पपुलर कार्यक्रम इट्स माइ साेकाे नयाँ अङ्कमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भनेकाे एउटा अंश हाे त्याे । करिब एक मिनेटकाे साे अंशमा थापा भन्छन्, “प्रधानमन्त्रीमा यसपाला साेच्ने हैन एटेम्प्ट गर्ने हाे” घतलाग्दाे अंशमा थापाले पुराना(बुढा) प्रमहरूलाइ नउठिदिन आग्रह गर्दै अब आफ्नाे पुस्तालाइ माैका दिन आग्रह गरेका छन् । सुरजसिंह ठकुरीकाे कार्यक्रममा मन्त्री रामकुमारी झाँक्रीसँगै मन्च सेयर गरेका थापाले आफू केटाकेटी हुँदादेखिका १०-१२ जना नेताहरूले आज आफ्ना छाेराछाेरी बुझ्ने हुँदासम्म देश र राजनीतिलाइ कन्ट्राेल गरिरहेकाे प्रति व्यङ्ग गरे र याे अबस्थामा देश र राजनीति मुक्त हुनुपर्ने बताए ।

नेपाली राजनीतिमा पाेलिटिकल सेन्स तथा प्रस्तुतिका हिसाबले अब्बल मानिने थापालाइ प्रमका रूपमा हेर्न चाहनेहरूकाे  संख्या वर्तमान नेपाली राजनीतिकाे मूलाधार पार्टीमा रहेका नेताहरुमा सबैभन्दा धेरै छ । प्रमका रूपमा गगन थापालाइ देख्न चाहने एकतहका जनता तथा सुभेच्छुकहरूकाे याे चाहनालाइ थापाले आउँदाे मंसिरमा हुने चुनावमै सम्बाेधन गर्ने तयारी गरेकाे देखिन्छ । थापाले आफ्नाे सक्रिय राजनीतिका लागि तय गरेकाे उमेर अबधि अब करिब १० वर्षमात्र बाँकी रहेकाे अबस्थामा उनले प्रमका लागि गर्न खाेजेका एटेम्प्ट ठीक समय हाे भनेर टिप्पणी पनि भएका छन् । ट्विटरमा सचिन तिमिल्सेना लेख्छन्,  “नेपाली राजनीतिमा पुस्तान्तरणको सबैभन्दा छोटो बाटो यही हो! संवाहक यिनै हुन।” देउवा, ओली, दहाल, नेपालकाे लगायतका केही व्यक्तिहरूकाे माखेसङ्गलाेबाट आजित नेपाली राजनीति र  नेपाली समाज थापा वा थापाकाे पूस्ताका नेताहरूबाट आशामा पनि गरेका छन् ।

गगन थापाले प्रधानमन्त्रीका लागि गर्ने भनेकाे एटेम्प्ट प्रमका रूपमा उनले राखेकाे चाहनामात्रै हैन उनले उनका समकालिन सबै पार्टीका युवा नेताहरूलाइ दिएकाे उत्प्रेरणा, हाैसला तथा सन्देश पनि हाे । अब देशका लागि केही गर्ने हाे भने एटेम्प्ट गर्न पर्छ भनेर उनले सबै राजनीतिक दलका समकालिन नेताहरूलाइ दिएकाे एक सबल सन्देश हाे । कान्तिपुर टेलिभिजनकाे मन्चलाइ थापासँगै सेयर गरिरहेकी तत्कालिन मन्त्री झाँक्रीले पनि थापाले प्रमका लागि एटेम्प्ट गर्ने कुराकाे सम्मान गरिन् । थापाले आउँदाे संघ तथा प्रदेशकाे चुनावपछिका लागि राष्ट्रिय राजनीतिमा दिन खाेजेकाे सन्देश वर्तमानमा युवा नेताहरूले दिने राजनीतिमा युवाहरू भन्ने सालाखालाका कुराभन्दा पृथक छ ।

थापाले संसदीय दलकाे नेता तथा प्रधानमन्त्री आफूलाइ प्रस्तुत गर्ने उद्घाेषसँगै नेपाली राजनीतिमा एकखाले तरङ्ग आएकाे छ । याे उद्घाेषले अर्काेतिर बुढावयका नेताहरूमा व्यापक चिन्ता छाएकाे छ । त्याेभन्दा बढि, ‘बुढाहरू मर्लान र खाउँला’ भनेर बसेका एक अल्प बुढा नेताहरूकाे निँद हराम भएकाे छ । गगन थापाले दावी गरेपछि पुरा गर्छ वा थापाकाे नाममा माहाैल बन्छ भन्ने देखेर बुढा तथा अल्प बुढाहरु गगन थापालाइ तलैदेखि सिध्याउने खेलमा विस्तारै लाग्न थालेकाेसम्म देखिन थालेकाे छ  ।

गगन थापाकाे पार्टीभित्र मात्र नभै अरू पार्टीका बुढाहरू पनि थापाका उमेरका व्यक्ति प्रम हुने वा प्रम बनाउने कुराकाे कतै पनि कल्पना गर्न चाहँदैनन् । कताकति बुढावयका नेताहरु  थापा वा उनीजस्ता युवापात्रलाइ बरू  सांसद नै बन्न नदिने पाे हाे कि सम्म साेच्न थालिसेकेकाे देखिन्छ । थापाले प्रमका लागि एटेम्प्ट गर्ने भनेपछि उनका हमवयका कतिपय नेतासमेत बेला नभएकाे भनेर कुत्सित आवाज व्यक्त गर्न थालेका छन् । थापाका समवयका प्रदीप पाैडेलले एक अन्तर्वार्तामा थापाले प्रमकाे दावी गर्ने बेला नभैसकेकाे भनेर देउवा भक्ति गरेकाे अन्तर्वार्ता सार्वजनिक भएकाे थियाे ।  नेका भित्रकाे राजनीतिमा यस्ता खाले दृष्य परिदृष्य आगामी दिनमा अझै देखिने निश्चित छ ।

वर्तमान नेपाली राजनीतिमा केहि गर्नसक्ने वा थाेरै आशा गरिएका नेताकाे काेटीमा उच्चस्थानमा रहेका थापा प्रम भए भने बुढावयका सबै पार्टीका नेताहरूकाे राजनीतिक अस्तित्व सकिने आंकलन जनताले मात्र नभै स्वयम् ती नेताहरूले पनि अनुभूति गरिसकेका छन् । ०४६ सालदेखि राजनीतिक तथा सरकारीस्तरकाे भिन्न भिन्न नेतृत्वमा बसेर बुढेशकाल लागिसकेका नेताहरूलाइ सम्भवतः आफ्नाे विरासत जाेगाउनका लागि पहिलाेपटक कसैले जबर्जस्त चुनाैति दिएका छन् । थापाले दिएकाे याे चुनाैति सफल भयाे भने नेपाली राजनीतिकाे टर्निङ प्वाइन्ट हुने सम्भावना भनेर चाैतर्फि आंकलन पनि गरिएकाे छ ।

बाेलीलेमात्र नभै उनीसँग जाेडिएकाे हरेकजसाे सन्दर्भ हेर्दा हरेक यात्रामा थापा सफल देखिन्छन् । लाग्छ,  गगन थापाले हार्न जानेका छैनन् । उनका हरेक यात्रा उनले साेचेझैँ तरिकाले अगाडि बढेका देखिएकाेले कतिपयले याे एटेम्प्ट पनि सहजै पार लगाउने भनेर आंकलन गरेका छन् । यद्यपि याे यात्रा साेचेझैँ सजिलाे भने छैन । प्रममा एटेम्प्ट गर्ने विषय उठान गरेर सम्भवतः उनले चुनाैतिलाइ चुनाैति दिएका छन् । सिङ्गाे राजनीतिकाे एउटा सबैभन्दा शक्तिशाली हिस्सासँगकाे याे पाैँठेजाेरीमा सफल हुनलाइ उनले चाल्ने हरेक पाइला महत्वपूर्ण हुनेछन् ।

कृषिमा नीतिमात्र हैन, प्राथमिकतापूर्ण लगानी आवश्यक

Previous article

सुशीला पाैडेलकाे मनुषी (मुक्तक सङ्ग्रह) र खुसीविनाको मुस्कान (गजल सङ्ग्रह) लाेकार्पण

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *