नदीनालाप्रकृतिसमसामयिक

बुढानिलकण्ठ १३ काे “बालुवा वासिङ सेन्टर” खाेला, डाँडापाखा मास्दै बेराेकटाेकरूपमा संचालित

0

बुढानिलकण्ठमा विगत ३ वर्षदेखि गैरकानुनीरूपमा संचालित रहेकाे बालुवा वासिङ अझै राेकिएकाे छैन । बुढानिलकण्ठ १३ मा रहेकाे यस बालुवा वासिङका कारणले यस क्षेत्रकाे प्रकृति विनाश भैरहे पनि स्थानीय तह आफै वासिङमा संलग्न हुँदा गैरकानुनी वासिङ संचालित अबस्थामा रहेकाे छ ।

केही महिना अघि वासिङ बन्द हुन लागेकाे वा सिडियाे कार्यालयले बन्द गर्दै भन्ने अपुष्ट समाचारलाइ चुनाैति दिँदै याे वासिङ बेराेकटाेकरूपमा चलिरहेकाे छ । स्थानीय च्यानेखाेलामा संचालित भैरहेकाे याे वासिङ सेन्टरले यहाँका खाेला, ढिस्काहरूदेखि सार्वजनिक जमिन तथा सामुदायिक वनलाइसमेत प्रत्यक्ष नाेक्सानी गरिरहेकाे छ ।

बुढानिलकण्ठमा उद्धव खरेल मेयर छँदादेखि गैरकानुनीरूपमा संचालित रहेकाे याे वासिङ सेन्टरलाइ खरेलले राेक्न सकेका थिएनन् । धेरैले खरेलकाे लगानी भएकाे भनेर हल्ला गर्दा पनि उनले यसबारे सार्वजनिक टिप्पणी दिन सकेका थिएनन् । एमाले तथा काँग्रेस राजनीतिका मै हुँ भन्नेहरूकाे लगानी रहेकाे भनेर चर्चा रहेकाे वासिङ सेन्टरका बारेमा उद्धव खरेल मेयरछँदा सार्वजनिक सुनुवाइ गरेर वासिङ सेन्टरलाइ बैद्यता दिन खाेजिएकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिकामा नयाँ मेयरका रूपमा मिठाराम अधिकारी आए पनि उनले प्रकृति बचाउन तथा यस्ता वासिङजस्ता प्रकृति विनाशक सेन्टरहरूलाइ राेक्न उनकाे पहिलाे नीति तथा कार्यक्रमले सम्बाेधन गरेकाे छैन । अधिकारीले याे वासिङ सेन्टरबारेमा नसुनेकाे भन्ने कुरा नभए पनि वासिङ चलिरहँदा अधिकारीले राेक्न सक्ने हिम्मत राख्ने अबस्था नरहेकाे अनुमान गर्न सकिन्छ । त्यसैगरी वडा नं १३ मा पनि नयाँ वडाध्यक्षका रूपमा टिकेशनारायण श्रेष्ठ आएका छन् । वडाध्यक्ष श्रेष्ठले आजसम्म याे वासिङ सेन्टरका बारेमा सार्वजनिकरूपमा बाेल्न सकेकाे पाइएकाे छैन । वडाध्यक्ष टिकेशनारायणलाइ सार्वजनिक सुनुवाइकाे बेला बाेल्न पर्छ भनेर लुकेकाे देख्ने वडावासीहरू छन् । याे अबस्थामा वडाध्यक्षले वासिङ बन्द गर्ने वा गराउनेबारेमा साेच्लान् भन्ने अनुमान गर्नु बेकारकाे कुरा हाे स्थानीयवासी युवाले नाम उल्लेख नगर्ने शर्तमा भने ।

लगातार प्रकृति विनाशकाे कारण बनिरहेकाे वुढानिलकण्ठ १३ काे बालुवा वासिङका बारेमा स्थानीयवासी भित्रभित्रै रूष्ट भए पनि असुरक्षाकाे कारण बाेलिरहेका छैनन् । सिडियाेले चाहे भने याे उतिनै खेरी बन्द हुनसक्छ तर किन यस्ताे भैरहेकाे छैन ? नाम उल्लेख गर्न नचाहने युवाले भने ।

भक्तपुरकाे मनहरा खाेला किनारामा ठूलाे पानी गाैँथली चराले पहिलाेपटक बच्चा काेराेल्याे

Previous article

अवैधरुपमा दर्ता तथा किनबेच गरी पुरिएकाे पलिस्वाँ पुखुः फर्काउन बाेडेका जनता उच्च अदालतमा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *