प्रकृतिफोटो ग्यालरीवातावरण

भक्तपुरकाे मनहरा खाेला किनारामा ठूलाे पानी गाैँथली चराले पहिलाेपटक बच्चा काेराेल्याे

0

सिमसार नजिकैका सुख्खा जमिनमा देखिने ठूलाे पानी गाैँथलीले काठमाडाैँमा पहिलाेपटक बच्चा काेराेलेकाे छ ।  गृष्मकालमा भेटिने विरल वटुवा चरा ठूलो पानीगौथली यहाँको मनोहरा खोला क्षेत्रमा बच्चा कोरलेको हाे । यस प्रजातिकाे चरालाइ  ३८ वर्ष पछि अघिल्लो वर्ष मनहरा क्षेत्रमा अभिलेख गरिएको थियो ।

प्रायः समुन्द्री सतहको ७५ देखि १३१० मिटर उचाईमा भेटिने  ठूलो पानीगौँथलीलाइ काठमाडाैँमा पछ्याइरहेका वन्यजन्तु फोटोग्राफर हरु संजय था श्रेष्ठ, दिपक बुढाथोकी र युविन श्रेष्ठले असार १२ गते दुई अल्पवयस्क सहित एक बयस्क चराको फोटो खिचेर अभिलेख गरिएकाे थियाे ।

याे चरालाइ १९८८ मा पंछीबिद्क राजेन्द्र सुवालले बर्दिया जिल्लाको बढैया तालमा हाल सम्मकै धेरै २५ वटाको संख्यामा देखे यता कहिले जोडी मा त कहिले सानो संख्यामा नेपालका बिभिन्न भागमा अभिलेख गरिएको छ । पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज देखि पूर्वमा कोशीटप्पु वन्यजन्तु आरक्ष सम्म भेटिएको यो पानीगौथली चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय, फेवा ताल तथा संखुवासभाको तुम्लिङटारमा भेटिएको नेपालका संकटापन्न चराहरु सम्बन्धि रातोकिताबमा उल्लेख गरिएको छ ।(फाेटाेः संजय था श्रेष्ठ/समाचार श्राेतः मर्दी न्यूज)

 

बुढानिलकण्ठले वन्यजन्तु-चराचुरूङ्गीमैत्री हुनुपर्ने मध्यवर्ती वनलाइ हाेहल्लामैत्री पिकनिकस्पट बनाउने

Previous article

बुढानिलकण्ठ १३ काे “बालुवा वासिङ सेन्टर” खाेला, डाँडापाखा मास्दै बेराेकटाेकरूपमा संचालित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *