प्रकृतिवातावरणसमसामयिक

बुढानिलकण्ठले वन्यजन्तु-चराचुरूङ्गीमैत्री हुनुपर्ने मध्यवर्ती वनलाइ हाेहल्लामैत्री पिकनिकस्पट बनाउने

0

बुढानिलकण्ठ नगरपालिकाभित्रका दुइ महत्वपूर्य मध्यवर्ती वन यतिखेर राजनीतिक दाउपेचका आधारमा मानवीय कृयाकलापकाे अखाडा भएका छन् । ती हुन् वडा नं २ काे पञ्चकन्या मध्यवर्ती वन र वडा नं ३ र ५ मा पर्ने आइतवारे मध्यवर्ती वन । यी दुवै वनमा यतिखेर पार्कजन्य गतिबिधि सक्रियमात्र नभै मानवीय हल्लाहल्लाजन्य गतिबिधिका लागि संरचना बनिरहेकाे छ ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि मध्यवर्ती वनकाे महत्वलाइ बु्झेर नीति तथा कार्यक्रम ल्याउला भन्ने प्रकृतिप्रेमीकाे अपेक्षालाइ मिठाराम अधिकारीकाे नयाँ सरकारले दुखित बनाएकाे छ । मध्यवर्ती वनकाे व्यख्यालाइ उपहास गर्दै उल्टाे यी दुइ वनमा पार्कसहित पिकनिक स्थल बनाउने नीति लिएकाे छ । नगरपालिकाले सार्वजनिक गरेकाे १४२ बुँदे नीति तथा कार्यक्रम अन्तर्गत पर्यटन पुर्वाधार तर्फः “पर्यटन पूर्वाधारः समृद्धिको मूल आधार”  शीर्षकमा आइतवारे सामुदायिक वनलाइ पिकनिकस्पट बनाउने श्रेणीमा राखेकाे छ । केही अरू सामुदायिक वनसँगै आइतवारे मध्यवर्ती वनलाइ सामुदायिक वन भन्दै नीति तथा कार्यक्रममा पिकनिकस्पष्ट बनाउने भनेर किटान गरिएकाे हाे ।

त्यसैगरी वडा नं २ काे पञ्चकन्या मध्यवर्ती वन जुन नगरपालिकाकाे सबैभन्दा ठूलाे वन हाे यसलाइ जिप फ्लाइर, रक क्लाइम्बिङजस्ता साहसिक खेलका लागि भनेर नीति तथा कार्यक्रममा राखिएकाे छ । यसकाे अर्थ यी दुवै वनलाइ मानवीय हाेहल्ला स्थलका रूपमा विकसित गराउन नगरपालिका चाहन्छ । मध्यवर्ती वनलाइ यसरी पिकनिकस्पट बनाउने साेचसँग जनप्रतिनिधिकाे अज्ञान एकातिर देखिन्छ भने कर्मचारीले पनि मध्यवर्ती वनकाे महत्व र व्याख्यालाइ अवज्ञा गरेकाे भनेर सहजै भन्न सकिन्छ ।

सरकारले मध्यवर्ती वन भनेर ती सामुदायिक वनलाइ व्याख्या गर्छ जुन राष्ट्रिय निकुन्जसँग सिधै जाेडिएकाे छ र त्यहाँ वन्यजन्तु एवम् चराचुरूङ्गीकाे आवाजजावत हुन्छ । मध्यवर्ती वनलाइ वन्यजन्तु तथा चराचुरूङ्गीकाे आवागमनकाे केन्द्रसँगै तिनिहरूकाे वासस्थानकाे रूपमा लिइने भएकाले याे वनलाइ राष्ट्रिय निकुन्जले हेर्ने गर्छ । यस क्षेत्रभित्र भाैतिक संरचना निर्माणलाइ कानुनी मान्यता पनि छैन तथापि यस्ता वनकाे केही हिस्सा स्थानीयवासीले वन्यजन्तु र चराचुरूङ्गीलाइ असर नपर्ने गरी उपयाेग गर्न सक्नेछन् । यसकाे अर्थ पिकनिकस्पट बनाउन भने कदापि नै पाउने छैनन् । स्थानीय तहले यस्ता जंगलकाे संरक्षण, यस्ता जंगलभित्रका वन्यजन्तु चराचुरूङ्गीकाे वासस्थान सुरक्षासम्ममा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

तथापि बुढानिलकण्ठकाे हकमा भने  मध्यवर्ती जंगललाइ हेर्ने धारणा सामुदायिक वनकैस्तरकाे देखिन्छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि आउँदा पनि मध्यवर्ती वनलाइ पिकनिकस्पटकै रूपमा कार्यक्रम ल्याएसँगै बुढानिलकण्ठले अबका पाँचवर्षमा वनलाइ वन्यजन्तु वा चराचुरूङ्गी मैत्री हैन मानवीय हाेहाल्लमैत्री बनाउनेछ भन्ने कुरा स्पष्ट गरेकाे छ ।

बुढानिलकण्ठ नगरपालिकाकाे फाेहरलाइ यसरी सहज र दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ

Previous article

भक्तपुरकाे मनहरा खाेला किनारामा ठूलाे पानी गाैँथली चराले पहिलाेपटक बच्चा काेराेल्याे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *