बुढानिलकण्ठ नगरपालिकाकाे सबैभन्दा सानाे वडामा सार्वजनिक जमिनकाे अबस्था सबैभन्दा न्यून छ । तत्कालिन कपन गाविसकाे वडा नं १ लाइ नगरपालिकामा वडा नं १२ को रूपमा बिभाजन गरिएपछि क्षेत्रफलका आधारमा सबैभन्दा सानाे याे वडा घना र अव्यवस्थित बस्तीकाे परिचायका भएर बसेकाे छ । बस्ती विकासका कतिपय मापदण्डलाइ नमान्दा हाल यस वडाका वडावासी नागरीक सास फेर्नसमेत गाराे पर्ने अबस्था पुगेका छन् ।
यस वडामा यतिखेर जम्मा डेढ राेपनी क्षेत्रफलमा सार्वजनिक जमिन रहेकाे छ । यति सानाे परिमाणकाे सार्वजनिक जग्गा संरक्षणमा पनि जनप्रतिनिधि चरम उदासिनता देखाइरहेकाे छ । संरक्षणका विषय उठानसँगै जनप्रतिनिधि तथा जनप्रतिनिधि सम्बन्धित दलले अबरोध सृजना गरेकाे देखिन्छ । त्यस्तै यही बाँकी सार्वजनिक जमिनबाटै वडाध्यक्षले निजी घरमा बाटाे सिफारिस गरेर दिएकाे पाइएकाे छ ।
वडा नं १२ र कामनपा ०६ को सिमानामा पर्ने लाखेपोखरीमा रहेकाे डेढ राेपनी रहेको सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनमा समस्या देखिएकाे हाे । वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले सो सार्वजनिक जग्गाको बीचबाट काटेर एक घरलाई मात्र बाटो सिफारिस गरेकाे देखिएकाे छ । वडाध्यक्षले माया गरेर दिएकाे करिब २ आना सार्वजनिक जमिनबाट निस्किएकाे सो बाटो घरमा जोडिँदा घरको तेस्राे तल्लामा मात्रै पुग्छ । भिरालो जग्गामा बनेको उक्त घरमा सुविगाउँपट्टिबाट नक्साङ्कन गरिएको बाटो छ । घरधनीले यही सार्वजनिक जग्गाबाट खुलाईको बाटोतर्फ गेट राखिएको र सो बाटो हुँदै ढल तथा बत्तीको सुविधासमेत दिलाईएको देखिन्छ ।
अब बाँकी जमिनलाइ स्थानीयद्वारा संरक्षणका लागि पहल गर्न लाग्दा वडाध्यक्ष माताहतका व्यक्तिहरूले धरपकड गरेकाे एक स्थानियवासीले हामीलाइ बताए । संरक्षणका लागि पहलकदमी लिन खाेज्दा उपभोक्ता समिति गठन तथा परिचालनको क्रममा एमालेका कार्यकर्ताले आफू उपभाेक्ता समितिकाे अध्यक्ष हुनुपर्ने भन्दै लफडा गरेपछि उपभाेक्ता समित बन्न नसकेकाे भेलामा सहभागि एक सदस्यले वाग्मती टुडेलाइ बताए । स्थानीय बालकुमारी स्कुल असार ११ गते बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
साससमेत फेर्न नसक्ने गरी घना र अव्यवस्थित बस्तीका रूपमा परिणत भएकाे वडा नं १२ मा रहेकाे डढ राेपनी जमिनलाइ खुल्ला तथा रूखबिरूवा लगाएर खुल्ला व्यायमशाला बनाउन माग हुँदै आए पनि दाेहाेर्याएर वडाध्यक्ष भएका शम्भु भट्टराइले ध्यान नदिएकाे गुनासाे एक सहभागिले गरे । नाम उल्लेख नगर्ने भन्दै उनले वडाध्यक्ष यसरी मिडिमा बाेलेकाे थाहा पाए भने वडा कार्यालयबाट सुबिधा लिन बन्चित हुनसक्ने भनेर चिन्ता व्यक्त गरे ।
Comments