राष्ट्रिय

एन्फामा मनिषराम जाेशीलाइ सर्वाधिक मत

0

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव सम्पन्न भएकाे छ । काठमाडाैँकाे बुढानिलकण्ठस्थित पार्क भिजेल हाेटेलमा भएकाे निर्वाचनमा एन्फा केन्द्रिस सदस्यमा टाेखाका मनिषराम जाेशी सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । कर्माछिरिङ शेर्पा समूहबाट उम्मेदवारी दिएका जाेशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत पाएर निर्वाचित भएका छन्  । निर्वाचित हुने केन्द्रिय सदस्यमा मनिष जोशी, रमेश व्यन्जनकार, मणि राज विष्ट, टिका राम लामा र भरत बुढ्थापा कर्मा समूहका हुन्  ।

यसअघि अध्यक्षमा कर्माछिरिङ शेर्पालाइ हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष भएका थिए भने  वरिष्ठ उपाध्यक्षमा विर बहादुर खड्का, उपाध्यक्षहरूमा  दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) र  महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचि भएका थिए ।

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

Previous article

धर्म के हाे ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *