राष्ट्रियविचार/लेख

नकारात्मकता, स्वार्थ र पङ्कज नेम्वाङ

0

  • आकाश शर्मा

अघिल्लो पटकको एन्फा चुनावमा ‘चेन्ज एन्फा’को नारा बोक्ने टिमले क्लिन स्विप गरेको थियो। चेन्ज एन्फाका अभियान्ता कर्मा छिरिङ नेतृत्वको टिमले प्यानल सहित जितेको थियो। अध्यक्षमा शेर्पाले ६३ मत पाउँदा मणिले १२ मत मात्र पाए। पङ्कज विक्रम नेम्वाङले शेर्पाकै प्यानलबाट अत्यधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए। कर्माको टिममा नै रहेका पङ्कज विक्रम नेम्वाङ यो पटकको एन्फा चुनावमा ‘चेन्ज कर्मा’ को नारा लिएर उनै कर्मा सँग प्रतिस्पर्धा गर्दैछन्। दुइ सहकर्मी बिचमा नै प्रतिस्पर्धा हुनु रोमाञ्चक छ । तर के कारणले यो हुन पुग्यो त ?

अघिल्लाे पटक चुनाव जितेको केही दिनमा शेर्पा र मानार्थ अध्यक्ष टासी घलेको सम्बन्ध बिग्रिन पुगेकाे थियाे। तर, यतिबेला उनै घले पुनः शेर्पाको समर्थनमा लागेका छन् । शेर्पाले पदभार सम्हालेको दुई दिनपछि कार्यसमिति बैठकले इन्द्रमान तुलाधरलाई महासचिवमा मनोनीत गर्यो। तर, नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न कार्यसमितिकै अन्य सदस्यले विरोध जनाए। तुलाधरलाई महासचिव नियुक्त गर्दा नेम्वाङले त्यही बैठकबाट वरिष्ठ उपाध्यक्ष तोकिने अपेक्षा गरेका थिए। सोही पदका लागि अर्का उपाध्यक्ष वीरबहादुर खड्काले पनि आफ्नो दाबेदारी प्रस्तुत गरे। उनले नेम्वाङ आफूभन्दा जुनियर रहेको भन्दै ‘वरिष्ठ’ नस्वीकार्ने बताए। तर, यसपटक खड्का उनै पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

वास्तवमा त्यसबेला खड्काभन्दा नेम्वाङ ‘जुनियर’ नै थिए। तर, ‘चेन्ज एन्फा’को नारामा आफूलाई नजिकबाट सहयोग गरेको भन्दै शेर्पाले ‘भिटो’ प्रयोग गरेर नेम्वाङलाई वरिष्ठ बनाए। शेर्पाले आफ्नो कार्यकालको सुरुआतमा नेम्वाङलाई महत्त्वपूर्ण जिम्मेवारी पनि दिएका थिए। एन्फाको छात्रावास पुनर्निमाण, विराटनगरमा भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको व्यवस्थापन लगायतको जिम्मा नेम्वाङलाई दिइएको थियो। तर, नेम्वाङलाई यतिले सन्तुष्ट बनाउन सकिरहेको थिएन । र उनले काम भन्दा पनि एन्फा राजनितिमा नै चासो दिए।

नेपाली फुटबललाई नजिकबाट नियालीरहेका एक प्रशिक्षक भन्छन्, ‘’चुनाव जित्ने अभियानमा शेर्पाले जसरी स्वार्थ समूहसँग गठजोड गरे, त्यो नै अहिले उनका ‘गलपासो’ बनेको छ। पङ्कजको आँखा स्रोतमा थियो। एएफसी र फिफाबाट प्राप्त हुने रकमहरुमा थियो। तर कर्मा शर्पाको यो कार्यकाल आर्थिक सुशासन कायम गर्न सफल भएको छ। यसले गर्दा पनि समस्या भएको छ। नेम्वाङ आफै निर्माण व्यवसायी हुन्। उनी एन्फा मार्फत हुने हरेक पुर्वाधार निर्माणको काम आफु गर्न चाहन्छन्। तर, जुन प्रक्रिया र विधीहरु अहिलेको कार्यकालमा सुरु भएको छ। त्यसलाई भत्काउनको लागी आतुर छन् नेम्वाङ।

एन्फा चुनावमा बिर्सन नहुने अर्को फ्याक्टर हुन नविन पाण्डे। जर्मन नागरीक पाण्डे लाई नेपाली फुटबलमा डेब्यु गराउने कर्मा शेर्पा नै हुन्। नविन पाण्डेले चेन्ज एन्फाको नारामा साथ दिएकोले निकै दबाब र पाण्डेको अरु प्रतिको हेप्ने व्यवहारका बाबजुद कर्माले धेरै संरक्षण दिईराखेका थिए। तर, एउटा यस्तो विन्दु आयो जहाँ पाण्डेले राजिनामा दिए। यो विवादले पाण्डेलाई थापा क्याम्पमा पुर्यायो। अहिले नेम्वाङको अध्यक्ष बन्ने अभियानमा पाण्डे र थापाको साथ छ।

नेम्वाङले दुई वर्षदेखि शेर्पालाई आर्थिक पारदर्शिताको मुद्दामा घेर्न खोजेका देखिन्छ। उनि निरन्तर आर्थिक पारदर्शीताकै कुरा उठाउँछन्। तर, थापासँगको गठजोडले नेम्वाङलाई कमजोर बनाएको छ। जुन व्यक्तिलाई भ्रष्टाचारको मुद्धामा फिफाले १० वर्ष प्रतिबन्ध लगाएको छ र जसको प्रतिबन्धको अवधि समाप्त भएको छैन, त्यही मान्छे बोकेर चुनाव लड्न हिँडेका नेम्वाङको आर्थिक सुशासनको एजेन्डाले यही मार खाइसकेको छ। सरसर्ति हेर्दा नेम्वाङको आर्थिक सुशासनको नारा जति कानलाई आनन्द सुनिन्छ त्यति नै उनको व्यवहार र टिम हेर्दा दिग्दारी लाग्छ।

फिफाले नै १० वर्ष प्रतिबन्ध लगाएको गणेश थापा र उनि संरक्षित टिम सँगको साँठगाँठले कस्तो सुशासन दिने एन्फा बनाउँछन् भन्ने गम्भिर प्रश्न अगाडी आएको छ। प्रशिक्षक सँगको विवाद, प्रतिशोधको भावना नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुलाह अल्मुईतारीले साफ च्याम्पियनसिपको फाईनल पछि राजिनामा दिने घोषणा गरे। यसले नेपाली फुटबल जगत निकै तातियो। अल्मुईतारीले कारण नबताईकन राजिनामा दिएका थिए। तर, एउटा स्टेटसमा उनले पङ्कज नेम्वाङलाई ट्याग गर्दै ‘नाउ यु विल बि ह्याप्पी नेम्वाङ’ भन्दै लेखेका थिए।

नेपालले पछिल्लो समय फुटबलमा गरीरहेको परिवर्तन र पाईरहेको सफलताको कारण अब्दुलाह को नेतृत्वलाई जाने गरेको छ। यस्तो समयमा नेम्वाङले प्रशिक्षकको चित्त दुखाएको भन्दै नेपाली फुटबल प्रेमी माझ नेम्वाङ आलोचित बनेका थिए। पङ्कज नेम्वाङ एन्फा नेतृत्वमा आएमा यसको प्रतिसोध पक्कै पनि लिनेछन्। यसले झन्न नेपाली फुटबललाई धरासायि बनाउँनेछ। पङ्कज नेम्वाङको अर्को विवाद पनि छ। जसले उनलाई युवा फुटबलर माझमा अलोकप्रिय बनाएको छ। आफ्नै छोरालाई उमेर समुहको राष्ट्रिय टिममा समेट्दा एउटा प्रतिभावान गोलकिपर लाई पन्छाएको अलाेकप्रिय काम उनले गरेका छन् । होटलमा काम गरीरहेका उक्त युवाको फोटो सामाजिक सञ्जालमा समेत भाईरल बनेको थियो।

पङ्कज नेतृत्वमा आउँदा यस्ता पिडित युवाको सङ्ख्या नबढ्ला भन्न सकिन्न। आर्थिक पारदर्शिता, सुशासन, प्रशिक्षक सँगको प्रतिशोध र खेलाडी छनोटमा हुने हस्तक्षेपको कारण एन्फाको नेतृत्वमा पङ्कज नेम्वाङको उपस्थिति नेपाली फुटबलको लागी नकारात्मक हुन सक्छ। यस्तोमा असार ६ मा हुने एन्फा निर्वाचनले कस्तो नेतृत्व चुन्ला त्यो भने अबको साता थाहा हुनेछ।

बन्न नसकेकाे हैन, बनाउन नचाहेकाे क्रिकेट मैदान !

Previous article

“एसपीपी” २०१९ मा केपि ओली सरकारहुँदा स्वीकृत भएकाे अमेरिकाकाे दाबी,

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *