काठमाडाैँकाे बुढानिलकण्ठमा निर्माणाधीन अबस्थामा रहेकाे सुवर्ण शमशेर क्रिकेट मैदान असरल्ल अबस्थामै रहेर अर्काे एकवर्ष व्यतित गरेकाे छ । ८ वर्षदेखि निर्मााणाधीन भएर देखिने केही काम नभएकाे याे क्रिकेट मैदानले यहाँका जनतादेखि नेता, सांसदहरू र स्थानीय तह सरकारलाइ कुरीकुरी गरेर गिज्याइरहेकाे छ । तथापि कसैकाे ध्यान यस मैदानका लागि गएकाे देखिन्न । गत स्थानीय तह चुनावमा मुख्य पार्टीका घाेषणापत्रमा अमुर्तरूपमा याे विषय परे पनि चुनावका कुनै पनि माेर्चामा याे विषय उठेनन् । क्रिकेट मैदान भन्ने विषय मानाैँ स्थानीय तह वा याे स्तरकाे नेताका विषय नै हैन ।
यस क्रिकेट मैदान निर्माणमा हालीमुहालीकर्ता काँग्रेस युवा नेता ध्रुव खड्का आजकाल कता छन् देखिन्नन् । कहिलेकाँही उनकाे सेताे रंगकाे गाडी निर्माणस्थलतिर देखिन्छ तर के का लागि भन्ने कुरा चाहिँ देखिन्न किनकी यहाँ केही पनि निर्माण हुँदैछैन । क्रिकेट मैदान बन्ने ठाउँकाे ढिस्काे खार्ने विषयमा माटाे र बालुवाकाे चलखेल भैरहेकाे भनेर पनि हल्लाखल्ला चलिरहने गरेकाे छ । याे माटाे र बालुवाकाे बारेमा बाहिर जति आराेप लागे पनि खड्का बाेल्दैनन् ।
काँग्रेसकाे चाैधाैँ महाधिवेशनमा वाग्मती प्रदेश सदस्यमा राजु श्रेष्ठ समूहबाट उठेर पराजित भएका खड्का क्रिकेट मैदान बनाउन वा बनाउने वातावरण बनाउन भने कतै तल्लिन पनि देखिदैनन् । त्यसाे त अध्यक्ष खड्कालाइ कहिल्यै पनि क्रिकेट मैदान बनाउने खाले तदारूकता देखाएनन् भनेर आराेप लाग्ने गरेकाे छ । उनकाे निष्पट्ट सक्रियताले त्याे आराेप प्रमाणित पनि गर्छ । प्रपर्टी बिजनेसमा सक्रिय रहेका खड्कासँग याे रंगशाला बनाउनुपर्छ भन्ने साेच एवम् दृढता तथा कृयाशीलता कतै देखिदैन ।
५ वर्ष उद्धव खरेल बुढानिलकण्ठ नगरपालिकाकाे मेयर छँदा याे क्रिकेट मैदान बनाउने विषयलाइ उनले कहिल्यै महत्व दिएनन् । क्रिकेट मैदानकाे कुरा आएपछि हुन्छ हुन्छ भनेर टार्थे तर मेराे पालामा याे मैदान बनाएर देखाउँछु भन्ने दृढ निश्चय खरेलमा कहिल्यै आएन । त्यसाे त, खरेलमा यस मैदानमात्र हैन कुनै पनि विषयमा दृढ निश्चय थिएन । सृजनाग्राम नामकाे प्राेजेक्टले नै पनि खरेलकाे इच्छाशक्ति र सामर्थ्यकाे सबै पक्ष वकालत गर्छ ।
काँग्रेसका नेताकाे नामकाे याे रंगशाला बनाउनेतिर खरेललाइ बहाना बनाउन सजिलाे पनि थियाे । उनकाे क्रिकेट मैदान बनाउने विषयमा निस्तेज स्वरूप देखाउन प्रदेश सांसद दीपक निराैलादेखि केही अरू पात्र पनि सक्रिय थिए । बारम्बार याे विषयमा कुरामात्र हैन बहश नै चल्दा पनि खरेलले पाँचैवर्ष सर्वज्ञानी स्वरूप देखाएरै विषयलाइ पन्छ्याइ रहे ।
काँग्रेसका महान् नेताकाे नाममा रहेकाे यस क्रिकेट मैदान हाल काँग्रेस महामन्त्रीसमेत रहेका गगन थापाकाे चुनावी क्षेत्र काठमाडाैँ क्षेत्र नं ४ मा पर्दछ । बुढानिलकण्ठ वडा नं १३ मा पर्ने याे रंगशाला बनाउन थापाले चाहे चुट्की बजाएकाे भरमा हुन्छ भन्नेहरू धेरै छन् । तर थापाले छारछुर यसाे अलि अलि बजेट हालिदिएजस्ताे गरे पनि मैदान बनाउने खालकाे तदारूकता देखाएकाे कसैले कतै कहिँ अनुभूतिचाहि गर्न पाएका छैनन् । ०७४ काे चुनावपछि सांसद भएर पाँचवर्ष व्यतित गर्न लाग्दा थापाले याे विषयमा कतै बाेलेकाे पनि सुन्न पाइएकाे छैन।
संसदमा हालै प्रस्तुत नीति तथा कार्यक्रममा चितवनकाे क्रिकेट मैदानका लागि बजेटसहित विशेष सम्बाेधन भएकाे थियाे । तर देशकै शक्तिशाली सांसदकाे चुनावी क्षेत्रमात्र नभै काठमाडाैकाे सान हुने क्रिकेट मैदानका बारे थापाकाे माैनता साँच्चै आश्चर्यजनक देखिन्छ । यद्यपि यसकाे पछाडि रंगशाला निर्माण गर्ने प्रतिष्ठानकाे अध्यक्ष ध्रुब खड्काकाे शैलीका कारण थापालाइ अगाडि बढ्न गाराे परेकाे पनि हुनसक्ने अनुमान भने गर्न सकिन्छ ।
याे रंगशाला बनाउने स्थल भएकाे वडामा प्रदेशसभा काँग्रेसका प्रभावशाली सांसद न्हुच्छेनारायण श्रेष्ठ बस्छन् । रंगशाला निर्माणस्थल गाम्चामा ल्याउन उनकाे याेगदान पनि मानिन्छ । उनले प्रदेशसभाबाट बजेट हाल्नुबाहेक एकपटक प्रदेश सामाजिक विकास मन्त्री र अर्काेपटक मुख्यमन्त्रीलाइ रंगशाला भिजिट पनि गराए । तर रंगशाला पछिल्ला ४ वर्षदेखि जस्ताकाे त्यस्तै देखिन्छ । यतिखेर गठबन्धनअन्तर्गत प्रदेशमा काँग्रेस सम्मिलित सरकार छ । प्रदेश सरकारले चाह्याे भने यस क्रिकेट मैदानका लागि १० कराेड बजेट हाल्न खासै गाराे पनि नहाेला तर श्रेष्ठलेेे यसाे गरेकाे देखिदैन । यसका पछाडि के कारण छ थाहा नभए पनि उनी सदैव याे रंगशाला अब बनिहाल्छ हामी बनाउँछाैँ भन्ने गर्छन् । यसका पछाडि पनि रंगशाला निर्माण गर्ने प्रतिष्ठानकाे अध्यक्ष ध्रुब खड्काकाे व्यवहार, शैली र साेचले श्रेष्ठ आजीत भएकाे पनि हुनसक्छ ।
याे रंगशाला भएकाे क्षेत्र(काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ख) का सांसद हुन कुसुकुमार कार्की । कार्कीकाे पाँचवर्षे कार्यकाल जान लागिसक्याे । यतिखेर उनकाे पार्टीले नेतृत्व गरेकेा सरकार वाग्मती प्रदेशमा छ तर कार्कीले याे गाैरवकाे आयाेजना बनाउने भूमिका खेलेकाे झैँ लाग्दैन । यसका लागि पहिलाे कुरा उनीसम्म माग नपुगेकाे हुन सक्छ भने दाेस्राे कुरा उनलाइ पनि याे काँग्रेस नामकाे रंगशाला भएकाे भान हुनसक्छ । तेस्राे कुरा रंगशाला निर्माण गर्ने प्रतिष्ठानकाे अध्यक्ष ध्रुब खड्कालाइ चिनेर पनि हुनसक्छ याे विषयलाइ कार्कीले महत्वकाे रूपमा लिएका छैनन् ।
चुराे कुरा, ध्रुव खड्का तथा उनकाे स्वनामधन्य संस्थाले याे रंगशाला बनाउन खाेजेकाे कि बनाउने नाममा अरू केही गर्न खाेजेकाे हाे ? भनेर ८ वर्ष भैसक्याे प्रश्न कतैबाट उठेकाे पाइन्न । बिभिन्न पटक समाचारमाध्ययमले याे विषयलाइ उठाए पनि याे विषमाथि न नेताकाे चेत खुलेकाे छ न जनताकाे । स्थानीयवासी तथा बुढानिलकण्ठवासीले यस रंगशालाकाे बारेमा कुनै आवाज निकालेनन् मात्र हैन चासाे नै देखाएकाे देखिन्न ।
अन्त्यमा, धुर्मुस सुन्तली फाउन्डेसनले नैतिकता देखाएर महानगर र सरकारले स्वामित्व लिएझैँ ८ वर्षदेखि जवाफदेहिताहीन बनेकाे शुवर्ण शमशेर रंगशालाका हालिमुहाली कर्ता ध्रुव खड्काले नैतिकता देखाउन आवश्यक छ । हैन भने कुनै न कुनै कानुनी उपाय निकालेर शुवर्ण शमशेर क्रिकेट मैदानकाे निर्माण प्रकृया खड्का हातबाट खाेस्नु आवश्यक देखिन्छ । यसका लागि आफ्नाे नगरमा बन्ने भनेर देशकाे सम्पत्तिमा जनताकाे करबाट उठेकाे कराेडाैँ लगानी भएकाे याे रंगशालाकाे बारेमा जनआवाज मजबुतरूपमा उठ्नुपर्छ ।
Comments