प्रकृतिसमसामयिक

काठमाडाैँः भित्ताे तासिँदै, प्रकृति मासिँदै, काँठ नासिँदै

0

  • केशव पाठक

एरियल भ्यूबाट काठमाडाैँलाइ नियाल्ने हाे भने, प्रकृतिप्रेमीका लागि जताततै आँसु आउने दृष्य देखापर्छ । यद्यपि यही दृष्यलाइ तथाकथित विकास भनेर व्याख्या गर्ने ठूलै जमात काठमाडाैँमा बस्छ । प्लेनबाट वा ड्राेनबाट हेर्ने हाे भने  उपत्यकाका डाँडाहरू पुरै तासिएका छन्, भासिएका छन्, नासिएका छन् । डाँडाहरू तासेर, खाेलाहरू मासेर, रूखहरू काटेर जताततै  प्लटिङ भएकाे दृष्यलाइ नेपालकाे सरकार तथा राजनीतिक दलहरूले विकास भन्न थालेकाे वर्षाैँ भैसक्याे । फलतः जग्गा, जग्गाकाे भाउ र मतदाताका रूपमा मात्र जमिनकाे नाता रूपान्तरित भयाे । माटाेमा माया, प्रकृतिकाे माया, स्थानीयपनकाे सुगन्ध, सांस्कृतिक साैन्दर्यताहरू यही तासिनु, मासिनु र नासिनुकाे चपेटमा सर्वनाश भैसकेकाे छ ।

काठमाडौं उपत्यकाको डाँडा क्षेत्र नै काँठ क्षेत्र हाे । याे काँठ क्षेत्र अहिले भत्किएको, नासिएकाे तथा मासिएकाे मात्र देख्न सकिन्छ। बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई सबैभन्दा धेरै परेको छ । राष्ट्रिय निकुन्जदेखि दर्जनाैँ मध्यवर्ती जङ्गल र सयाैँ सामुदायिक वनसँग जाेडिएकाे काँठ क्षेत्रकाे सामाजिक पहिचानदेखि सांस्कृतिक महत्व यतिखेर डाँडा तास्ने र मास्ने तथा यसलाइ संरक्षण गर्नेहरूले बन्धकी राखिसकेका छन् । जग्गाकाे बेचेर पैसा कमाउने र सहर पसेर घर बनाउने नाममा उपत्यकाकाे साैन्दर्य कुरूप बनिसकेकाे छ ।

उपत्यकाका डाँडामा प्लटिङकाे व्यवसाय चलेसँगै डाँडासँग जाेडिएका वनहरू असुरक्षित भएका छन् । वनभित्रका मुल तथा जरूवा असुरक्षित भएका छन् । डाँडाका बस्तीमा रहेका तामाङ संस्कृतिहरू असुरक्षित भएका छन् । वनसँगै रहेकाे नदी किनारका पुराना नेवारी बस्तीकाे सामाजिक सुगन्ध ताेडमाेड भएकाे छ । डाँडाबीचकाे पहाडे बाहुन,क्षेत्री तथा दमै-कामी-सार्कीबस्तीभित्रकाे सुमधुर रहनसहनयूक्त काँठे जीवन लाेप भएकाे छ । अब यहाँ सुरक्षित र संरक्षित भएका छन् त बस् ४ आना, ५ आना वा एक राेपनी जमिनकाे रकमी नाता । अर्बाैँ रूपैँयाका जग्गाकाे बिजनेस काँठ क्षेत्रमा चलिरहेकाे छ । याे बिजनेसकाे लिंक स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म पुगेकाे छ । सरकारले नीतिगतरूपमा जग्गाकाे खण्डिकरण राेकेकाे छ तर सबै जमिन दिनदिनै खण्डिकृत भैरहेकाे छ । यसरी जग्गा प्लटिङकाे कमिसनकाे हिस्सा वडाध्यक्षदेखि मन्त्रीसम्मलाइ पुगेकाे छ ।

काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र  हो। यहीँ पानीले अहिले पनि काठमाडाैँ बासीकाे तिर्खा मेट्ने गरेकाे छ तर  यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन्। बस्तीकाे विकाससँगै जंगलमा अनधिकृतरूपमा आफूआफैले पानीकाे पाइप लगाउँदा पानीकाे श्राेत बिग्रिरहेकाे छ । अस्तव्यस्त बस्तीसँगै जंगलका चराचुरूङ्गी, वन्यजन्तुदेखि रैथाने वनस्पतिसम्म लाेपन्मुख भएका छन् ।

वडा नं १२ काे एउटै घटनाले छताछुल्ल बनायाे, बुढानिलकण्ठमा विकासे गतिबिधिका अनियमितताहरू

Previous article

बन्न नसकेकाे हैन, बनाउन नचाहेकाे क्रिकेट मैदान !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *