स्थानीय

वडा नं १२ काे एउटै घटनाले छताछुल्ल बनायाे, बुढानिलकण्ठमा विकासे गतिबिधिका अनियमितताहरू

0

  • आकाश शर्मा

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा ३ दिन अघि बाटाे ढलानका नाममा भएकाे अनियमितताकाे घटनाले बुढानिलकण्ठमा हुने तथा भैरहेका यावत् विकासे गतिबिधिभित्रका कथालाइ उजागार गरेकाे छ । उपभाेक्ता समितिमार्फत काम गर्ने भनेर छुट्याइएका बजेटलाइ वडाध्यक्षहरूले आफ्ना पकेटका ठेकेदारमार्फत कसरी कमजाेर काम गर्छन् भन्ने कुराकाे प्रतिनिधि घटना बनेकाे वडा नं १२ रेडक्रस भवनदेखिमाथिको १२५ मिटर बाटाेकाे घटना । याे घटनालाइ एकीकृत समाजवादी पार्टीका रामशरण सापकाेटाले आफ्नाे सामाजिक सन्जालमा नहालेकाे भए यी तथा यस्ता घटनाबारे जनताले सुसुचित हुने अबस्था आउने थिएन ।

याे घटना वडा नं १२ का मात्र घटना हैन । यसरी हरेक वडामा काम भैरहेकाे छ, लागत स्टमेटदेखि सबै कुराकाे जानकारी दिने सुचना बाेर्डसम्म नराखेर काम हुँदासम्म पनि नगरपालिकाकाे अनुगमन समितिदेखि सराेकारवाला काेही पनि बाेलेकाे देखिन्न । विपक्षहरूसमेत याे विषयमा खासै सचेत देखिन्न । यसै हप्ता वडा नं १ काे माथिल्लाे ताैलुङमा नगरविकासकाे बजेटबाट बनिरहेकाे एउटा बाटाेकाे वाल लगाउने कामकाे पनि सूचना पाटी बिना बालुवा हैन माटाेमा सिमेन्ट हालेर पर्खाल लगाइरहेका भेटिएकाे थियाे । यस्ता घटनाहरूमा प्रत्यक्षरूपमा वडाध्यक्षहरूकाे संलग्नता हुने गरेकाे भनेर स्थानीयहरूले आराेप लगाउने विषय एकातिर छ भने अर्काेतिर उपभाेक्ता समितिमार्फत काम गर्न काेही स्थानीयवासी तयार हुने नगरेकाे तथ्य पनि फेला परेकाे छ । स्थानीय उपभाेक्ता नै वडाध्यक्ष वा जनप्रतिनिधिलाइ “मिलाएर कसैलाइ काम गर्न भनिदिनाेस्, हामीलाइ आउँदैन सक्दैनाै” भन्ने गरेकाे घटना पनि देखिन्छन् ।

तथापि ऐन कानुन अनुसार नै पनि उपभाेक्ता समितिकाे काम प्रत्यक्षरूपमा ठेकेदारमार्फत गराउन मिल्दैन । यसरी गरेकाे पाइएमा साे बजेट बेरुजुमा पर्दछ । वडा नं १२ मा भएकाे घटनामा वडाध्यक्षले पकेटकाे ठेकेदारलाइ जसरी संचारमाध्यममा नै बाेल्न लगाए यसले उनकाे नियत तथा गतिबिधिमाथि अनुसन्धान हुन जरूरी भएकाे स्थानीयवासीले आवाज उठाएका छन् ।  स्थानीय उपभाेक्ता समितिमार्फत गरिने कामलाइ ठेकेदारमार्फत कमजाेर काम गराएर ठेकेदारलाइ नै “राम्राे गुणस्तरीय काम भएकाे छ” भनेर भनाउन लगाउने वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराइकाे कर्तुतले राम्राे काम गर्ने ठेकेदारलाइ पनि मार परेकाे एक स्थानीय ठेकेदारले नाम नबताउने सर्तमा हामीलाइ भने ।

“यहाँ राम्राे र पारदर्शी काम गर्ने थुप्रै ठेकेदार छन्, तर राम्रा ठेकेदारहरु वडाध्यक्षका पकेट ठेकेदारका कारण छाँयामा मात्र हैन कामविहिन पनि छन् ।” बुढानिलकण्ठ नगरपालिकाका  एक कर्मचारीले बताए । “सबै ठेकेदार, सबै कर्मचारी वा सबै जनप्रतिनिधि नराम्रा छैनन् तर केही वडाध्यक्ष, केहि सचिव, केही कर्मचारी र पकेट ठेकेदारका कारण सबैजना नराम्राे भएका छन्” उनले गुनासाे पाेखे, “यहाँ सुनिदिने काे ? भन्ने कसलाइ ? ठेकदार के पत्रकार त पकेटकै छन् ।”  उनले गम्भीर विषय उठान गर्दै भने, “पत्रकारकै माेल कत्राे छ र ? पत्रकारले लेखेकाे कुरालाइ मूल्यवान मान्नु !?”

बुढानिलकण्ठमा नगरप्रमुख तथा उपप्रमुखका रूपमा मिठाराम अधिकारी र अनिता लामा नयाँ अनुहार आए पनि अधिकांश पूर्व जनप्रतिनिधि नै वडाध्यक्ष भएका छन् । वडा नं १३, ६ र ५ बाहेक सबै वडाध्यक्षहरू पूर्व वडाध्यक्ष वा वडासदस्य हुन् । वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराइ ०७४ देखि वडाध्यक्ष छन् । विकासे गतिबिधिका यावत् लुपहाेलदेखि सहजता असहजता सबै थाहा पाएका भट्टराइले वर्षा पारेर सूचनापाटीसम्म नराखी पकेटका ठेकेदार मार्फत काम गरेकाे ३० लाख बराबरकाे ढलाने बाटाेभित्र धेरै कथाहरू लुकेका हुनसक्छन् । वा नहुन पनि सक्छन् । यसकाे पारदर्शी छानविन हुन जरूरी छ । नयाँ मेयर तथा उपमेयरलाइ यस्ता घटनाले पक्कै पनि “पहिलाे गाँसमै ढुंगा” बनाउन सक्नेछ ।

चुराेटभन्दा १० गुणा बढि हानिकारक छ ‘हुक्का’

Previous article

काठमाडाैँः भित्ताे तासिँदै, प्रकृति मासिँदै, काँठ नासिँदै

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *