बुढानिलकण्ठ वडा नं १२ काे विकासे गतिबिधिमा व्यापक अनियमितता भएकाे विषय समाचार माध्यममा आएका छन् । केही समाचारमाध्यममार्फत ठेकेदार स्वयमले अनियमितता नभएकाे भनेर खण्डन गरेकाे पनि गरेका छन् । साे वडाका एउटा बाटाेका ढलान गर्ने क्रममा डण्डी राख्नु अघिकाे बेसदेखि डण्डी बाँधेकाे साइजसम्मकाे काममा कमजाेरी देखिएपछि स्थानीय सराेकारवालाहरूले आवाज उठाएसँगै शम्भु भट्टराइ वडाध्यक्ष भएकाे वडामा भएका केही गम्भीर अनियमितता सार्वजनिक भएकाे छ । वडाध्यक्षले उपाभाेक्ता समितिमार्फत गर्ने कामहरूमा आफ्ना पकेटका ठेकेदारलाइ काम लगाउने गरेकाे देखिएकाे छ ।
वडा नं १२, रेडक्रश भवन माथिकाे १२५ मिटर बाटाेमा देखिएकाे अनियमितता भएकाे कुरा सार्वजनिक भएपछि वडाध्यक्ष भट्टराइले आफूले कामकाे जिम्मा दिएका ठेकेदारलाइ विषय सामसुम पार्न अराएकाे देखिन्छ । यसरी सामसुम पार्दा ठेकेदार राजेन्द्र गुरागाइँले मिडियाहरूसँग आफुले प्रचलित मापदण्डभन्दा राम्राे काम गरेकाे भनेर बताएका छन् । वाग्मती टुडेलाइ पनि फाेन सम्पर्क गरेर पनि गुरागाइँले आफूले चित्त बुझाउन सकिने काम गरेकाे जिकिर गर्नुका साथै निरीक्षण गरिदिन अनुराेध पनि गरेका थिए ।
मुख्य कुरा, याे बाटाे उपभाेक्ता समितिमार्फत उपभाेक्ताहरूले बनाउनु पर्ने बाटाेका बारेमा चर्चित ठेकेदार आफै किन सतहमा ओर्लेर बचाउ गर्न आइपुगे हाेलान् ? नियमतः कानुनतः उपभाेक्ता समितिमार्फत बन्ने बाटाेकाे जिम्मेवारी, जवाफदेही उपभाेक्ता समिति तथा त्यसकाे अध्यक्ष हुनुपर्नेमा नगरपालिकामा चिनिएका ठेकेदार राजेन्द्र गुरागाइँ आफै किन मिडिया गुहार्न पुगे ? एकातिर राम्राे काम भए नभएकाे बारे नगरपालिकाकाे अनुगमन समितिले हेर्ने विषय हाे भने याे विषयमा जवाफदेहिता कि वडाध्यक्षकाे हुनुसक्छ कि उपभाेक्ता समितिकाे । तर वडाध्यक्षकाे पकेटका ठेकेदार भनेर हल्ला भएका गुरागाइँ मिडियामा छाएपछि याे विषय गम्भीर भएकाे नेपाली काँग्रेसका बुढानिलकण्ठ नगर सभापति राजाराम बुढाथाेकीले बताए । नगर सभापति बुढाथाेकीले वडा नं १२ मा कतै पनि विकासकाे काम गर्दा नाेटिसबाेर्ड राखिने नगरिएकाे भनेर याे सरासर अनियमितता भएकाे बताए ।
बुढानिलकण्ठ नगरपालिकाका पूर्व लेखा संयाेजक पुरूषाेत्तम नेपालले त्रुटीपूर्ण काम भएकाे हुनसक्ने आधार देखिएकाे बताए । उनले ठेकेदारमार्फत काम गराएकाे भनेर मिडियामा छाएकाे समाचारले विषयकाे गाम्भीर्यता बढेकाे बताउँदै पुरानै वडाध्यक्षले जितेका वडामा देखिएकाे याे समस्याले अब हनिमुन पिरियड भनेर चुपचाप बस्न नमिल्ने बताए । उनले नयाँ वडाध्यक्ष भए ‘मेसाे मिलेन वा जानेनन्’ भनेर सच्चिने अवसर दिन सकिन्थ्याे तर पूरानै वडाध्यक्षलाइ गलत गर्ने छुट नभएकाे उनले बताए । नेपालले उपभाेक्ता समितिकाे काम ठेकेदारबाट गरियाे भने त्याे पुरै काम बेरूजु हुने पनि बताए ।
त्यसैगरी कुनै पनि परियाेजनाका बारे सबै कुरा देखिने बुझिने गरी मापदण्डकाे साइजमा सूचना टाँस गर्नुपर्ने त्याे किन गरिएन भन्ने विषयसँग वडाध्यक्षकाे इन्ट्रेस्ट गम्भीररूपमा देखिन सक्छ । आयाेजनाकाे सूचनासम्म टाँस नभएकाे तथा उपभाेक्ता समितिले गर्नपर्ने काममा आफ्ना ठेकेदारलाइ सेटिङ(?) गरेर काम गराएकाे काममा उनी राताे माला लाएर किन वेफिक्री ओहाेरदाेहर गरिरहेका विषय सरासर कानुनसम्मत देखिदैन । याे विषयलाइ सामान्य त्रुटीका रुपमा लिनै सकिदैन ।
Comments