फाेहर व्यवस्थापन नेपालका सहरी क्षेत्रकाे सबैभन्दा पेचिलाे विषय बनेकाे छ । याे विषयलाइ जति पेचिलाे बनाइएकाे छ के याे त्याे स्तरकाे गर्नै गाराे विषय हाे त । विश्वभरका महानगर तथा नगरमा गरिएका फाेहर व्यवस्थापनका कार्य हेर्दा हामीले याे विषयलाइ अनावश्यक समस्याग्रस्त बनाइरहेकाे सहजै अनुमान गर्न सकिन्छ । अमेरिकाकाे न्यूयाेर्क, बेलायतकाे लण्डन, जापानकाे टाेकिया वा फ्रान्सकाे पेरिसकाे जस्ताे अर्बाैँ डलरकाे प्लान्ट नेपालका महानगर-नगरले राख्न नसके पनि विश्वका साना-साना देशका सुन्दर व्यवस्थापनलाइ हेरेर भने अनुसरण गर्न सकिन्छ । जसकाे लागि एसिया वा युराेपका साना देशकाे उदाहरण लिन सकिन्छ । जसमा फिनल्यान्ड हेलसिन्की वा भियतनामकाे हाेचिमिन्हसिटीमा गरिएका सामान्य अभ्यास हामीलाइ सिक्ने वातावरण हुन सक्छ ।
हेलसिन्की र हाेचिमिन्ह सिटीमा नगरपालिकाले हरेक घरमा तीग थरीकाे डस्टविन(ट्रयास क्यान) दिन गर्छ । जसमा क्रमशः हरियाेमा खाद्यान तथा गल्ने समान, निलाेमा सिसा, फलामलगायतका सामान, राताेमा प्लास्टिकजन्य सामान राखिन्छ । फाेहर संकलन गर्ने आउने गाडी पनि तिनवटै रंगकाे हुने गर्छ । आइतवार हरियाे रंगकाे गाडी आउँछ हरियाे डस्टबिनकाे फाेहर लिएर जान्छ, साेमवार राताे रंगकाे गाडी आउँछ राताेकाे रंगकाे डस्टविनमा रहेकाे प्लास्टिकजन्य सामान लिएर जान्छ भने मंगलबार निलाे रंगकाे गाडी आउने गर्छ । प्रत्येक दिन फाेहरकाे लागि गाडी आउँछ ।
हरिेयाे रंगकाे गाडी सिधै मल कारखानामा जान्छ जैविक मल बन्छ । प्लास्टिकजन्य, लुगाकपडा, फाइबर तथा काठजन्य फाेहरकाे राताे गाडीकाे सामान सिधै जलाएर खरानी बनाउने प्लान्टमा जान्छ । यसबाट खरानीदेखि तेलसम्म निस्किन्छ । यी तीनवटै प्लान्ट प्लान्ट एकै ठाउँमा राखिएकाे छ । सहरभित्रैकाे खाली जमिनमा फाेहरकाे पूर्णतः व्यवस्थापन गरिन्छ तर सहरवासीलाइ फाेहरले असर गर्दैन मात्र हैन फाेहरकाे गन्धसमेत आउँदैन । हरेक दिन आउने फाेहरलाइ त्यसैदिन व्यवस्थापन गरिन्छ ।
याे हेलसिन्की तथा हाेचिमिन्हसिटीकाे मात्र हैन भारतकै केरलाकाे त्रिभुनन्तपुरमदेखि चट्टग्रामसम्मकाे फाेहर व्यवस्थापनकाे सामान्य शैली हाे । नेपालमै पनि धरानमा गतवर्षदेखि यही स्वरूपमा निजी क्षेत्रसँगकाे सहकार्यले फाेहर व्यवस्थापनकाे महत्वपूर्ण काम शुरू भएकाे छ । अन्य केही नगरपालिकामा पनि झन्नै यही ढंगले फाेहर व्यवस्थापन गरिएकाे छ । काठमाडाैँका गाेकर्णमा जापानबाट फाेहरलाइ सहज व्यवस्थापन गर्न सकिने मसिन ल्याएर फाेहर तह लगाउन थालिएकाे छ ।
तथापि काठमाडाैँका बुढानिलकण्ठसहित अरू नगरपालिकाले पनि आफ्नाे फाेहर व्यवस्थापनका लागि ठाेस कदम चालेकाे छैन । काठमाडाैँ महानगरकाे फाेहरकाे समस्याभित्र यहाँ अन्य नगरकाे फाेहरकाे व्यवस्थापन जाेडिएकाे छ । त्यसैमध्ये बुढानिलकण्ठ नगरपालिकाकाे फाेहरकाे विषय पनि एक हाे ।
बुढानिलकण्ठले आफ्नाे ठाउँमा आफ्नै हैसियतले आफ्नाे फाेहर व्यवस्थापन सहजै गर्न सक्छ । यसका लागि उसले हेलसिन्कीदेखि तिरूवनन्तपुरमहुँदै धरानसम्म गरिएकाे सफल फाेहर व्यवस्थापनकाे कामलाइ अध्ययन गर्न सक्छ ।
बुढानिलकण्ठ ८ मा रहेकाे माक्सीय गुरूकुलका लागि भनेर दिइएकाे भनिएकाे करिब ८० राेपनी जमिनकाे मध्य भागलाइ उपयाेग गरेर फाेहरकाे सफल व्यवस्थापन गर्न सक्छ । हाल यस ठाउँमा केही फाेहर छुट्याउने काम भैहरेका छ । यसै ठाउँमा प्रांगारिक मल बनाउने उद्याेगदेखि अन्य नगल्ने पदार्थबाट खरानी र तेल आउने मसिसम्म राखेर काम गर्न सक्नेछ । यस कार्यका लागि साे ठाउँकाे ५ राेपनी जमिनलाइ उपयाेग गरियाे सबै मल ब्यबस्थापनकाे काम सम्पन्न हुनेछ ।
मल बनाउनका लागि नेपालमै बिभिन्न रैथाने प्रबिधिहरू उपलब्ध छन् भने अन्य फाेहरका लागि जापान, काेरिया वा भारतबाट मसिन ल्याउन पर्नेछ । मल बनाउने प्रयाेजनका लागि धेरैमा ५० लाखकाे प्लान्ट राखियाे भने बुढानिलकण्ठमात्र नभै आसपासका एकदुइ नगरकासमेत कुहिने घरायासी फाेहर संकलन सदुपयाेग हुनेछ । नकुहिने अन्य फाेहरकाे व्यवस्थापनका लागि भने ५ कराेडदेखि ५० कराेडसम्मकाे मसिन खरिद गर्न सकिन्छ । बुढानिलकण्ठ नगरपालिका कै फाेहर व्यवस्थापनका लागि १० कराेडसम्मकाे मसिनले कम्तिमा आगामी दशवर्षसम्म धान्न सक्ने देखिन्छ ।
बुढानिलकण्ठ नगरपालिकाले हालै सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा फाेहर व्यवस्थापनका लागि खासै महत्वपूर्ण कुरा ल्याउन सकेकाे देखिएकाे छैन । नीति तथा कार्यक्रममा एक घर दुइ डस्टविन र “फोहोरलाई मोहरमा बदल्ने अभियान” बाहेक फाेहर व्यवस्थापनका लागि भनेर ठाेस कुरा अगाडि नआउनुले नगरपालिकाका नयाँ मेयर फाेहर व्यवस्थापनका क्षेत्रमा प्रभावकारी काम गर्नतिर लालयित भने देखिदैनन् । कतैबाट कपि पेस्ट गरिएकाेजस्ताे नीति तथा कार्यक्रममा सहरकाे सबैभन्दा महत्वपूर्ण विषय फाेहरमैला व्यवस्थापनमा खर्चिने शब्दसमेतमा देखिएकाे कन्जुस्याइँले धेरै कुरा प्रस्ट्याए पनि नगरपालिकाले चाह्याे भने बुढानिलकण्ठकाे फाेहर व्यवस्थापन दीर्घकालीनरूपमा सहजै गर्न सकिन्छ ।
Comments