बुढानिलकण्ठ नगरपालिकामा वडा नं १२ मा वर्षा लाग्दालाग्दै बजेट तह लगाउन भएकाे ढलाने बाटाेकाे गुणस्तरबारे हल्लाखल्ला भएपछि बाटाे निर्माण गरिरहेका स्थानीय ठेकेदार राजेन्द्र गुरागाइँले गुणस्तरीय काम भएकाे बताएका छन् । वाग्मती टुडेलाइ फाेनसम्पर्क गर्दै गुरागाइँले प्रचलित मापदण्डभन्दा राम्राे काम भएकाे जिकिर गरेका छन् ।
बाटाे निरीक्षण गर्न आइदिन अनुराेध गर्दै उनले भने “बेसलाइ पेल्दा माटाे निस्किएकाे हाे, त्यसाे हुनु राम्राे हाे तथा डण्डी कतैकतै गाडाले सरेकाे मात्र हाे एकदमै सही साइजमा राखिएकाे छ ।” गुरागाइँले ६ इन्चकाे ढलान गर्नु पर्नेमा आफूले ८ इन्चकाे ढलान गरिदिएकाे पनि बताए । १२ फुट चाैडाइ तथा १२५ मिटर लम्बाइकाे साे बाटाेमा गुणस्तरहीन काम भयाे भनेर फाेटाेसहित सामाजिक सन्जालमा पाेस्टहरू देखिएपछि वाग्मती टुडेले समाचार लेखेकाे थियाे । साे समाचार प्रकाशित भएपछि वडाध्यक्ष शम्भु भट्टराइकाे सल्लाहमा गुरागाइँले पत्रकारहरूलाइ बाँकी रहेकाे काम देखाउन बाेलाएका थिए ।
Comments