स्थानीय

बुढानिलकण्ठ १२ मा वडाध्यक्षकै उपस्थितिमा न्यूनतम मापदण्डविपरित बाटाे ढलान गरियाे

0

बुढानिलकण्ठ नगरपालिकामा वडा नं  १२ मा न्युनतम मापदण्डसमेत पूरा नगरी बाटाे ढलान गरिएकाे छ । वडाध्यक्ष शम्भु भट्टराइकाे उपस्थितिमा भएकाे बाटाे ढलानलाइ बजेटकाे सदुपयाेग गरेकाे भनेर माटाेमाथि अलि अलि डण्डी बाँधेर ढलान गरिएपछि जनप्रतिनिधि र ठेकेदारबीच साँठगाँठमा कमजाेर काम भएकाे आराेप लागेकाे छ । गलत काम भएकाे भन्दै नगरपालिकाकाे अनुगमन समितिलाइ  तत्काल निरीक्षण गर्न स्थानीय सराेकारवालाले अनुराेध गरेका छन् ।

वडा नं १२ काे रेडक्रश भवन माथिकाे साँघुराे भिरालाे माेटरबाटाेलाइ ढलान गर्ने भनेर गरिएकाे काममा ढलाने बाटाेकाे बेस माटाेकाेमात्र दखिन्छ । माटाेमाथि डण्डी बाँधेर ढलान गरिएकाे देखिन्छ ।  त्यसैगरी डण्डी ६ इन्चमा बानिनु पर्ने न्यूनतम मापदण्ड भए पनि त्याे १२ इन्चभन्दा धेरै फरकमा डण्डी बाँधिएकाे छ । कमजाेर काम भएकाे हुँदा  छिटाेछिटाे ढलान समाप्त गरिएकाे छ ।

आफ्नाे वाडमा जमिनमै पातलाे डण्डी हालेर ढलान हुन थालेपछि एकीकृत समाजवादी वडा नं १२ का अध्यक्ष रामशरण सापकाेटाले आफ्नाे सामाजिक सन्जालबाट गलत काम भैरहेकाे भन्दै तत्काल अनुगमन गरेर काम राेक्न पर्ने बताएका थिए । ढलान बाटाेमा गडबडी भएकाे देखेपछि उनले वडाध्यक्ष शम्भु भट्टराइलाइ फाेन गरेर गलत काम भैरहेकाे बताएका थिए । सापकाेटाले फाेन गरेपछि तत्काल ढलान भैरहेकाे ठाउँमा माला लगाएर भाइसमेत पुगेका वडाध्यक्ष भट्टराइले भने त्यहीबाट विकास निर्माण गतिलाेसँग भैरहेकाे र सबैकाे सहयाेग पाएकाे भनेर फेशबुकमा फाेटाेसहित पाेस्ट गरेका छन् ।

वाग्मती टुडेसँग कुरा गर्दै रामशरण सापकाेटाले गलत काम भएकाे भनेर आफूले मेयर मीठाराम अधिकारीलाइ समेत फाेन गरेकाे बताए । सापकाेटाले सरासर माटाेमाथि पातलाे डण्डी बाँधेर ढलान भैरहेकाे कुरालाइ समान्य मानेर विकास भयाे भनेर बस्न नसकिने बताउँदै वडा नं १२ मा पटकपटक यस्तै खाले विकास हुने गरेकेा प्रति सबै सचेत हुनु पर्ने बताए ।

उपभाेक्ता समितिले काम गर्ने नाममा वडाध्यक्षले आफ्ना पकेटका ठेकेदार राजेन्द्र गुरागाइँमार्फत याे ढलान गराएका थिए । वडा नं १२ लगायत कतिपय वडामा वडाध्यक्षले आफ्ना पकेटका ठेकेदारमार्फत उपभाेक्ता समितिकाे काम गर्ने गरेका छन् । उपभाेक्ता स्वयमलाइ भने  यस्ता विकासे काममा कुनै भूमिका हुने गरेकाे छैन ।

बाटाे निर्माण वा ढलानजस्ता काममा  जनता स्वयम् पनि कतै सचेत भएकाे देखिदैन । जसरी हुन्छ बाटाे ढलान गरेपुग्याे भन्ने धारणाका जनताका आँखामा छाराे हालेर वर्षाकाे मुखमा गरिएकाे कमजाेर बाटाे ढलानलाइ नगरपालिकाकाे अनुगमन समितिले कत्तिकाे शक्तिशाली आँखाले हेर्छ त्याे भने हेर्न बाँकी छ ।

कपन सङ्गीत सराेवरकाे १६ औँ वार्षिकाेत्सव सम्पन्न, नयाँ नेतृत्व चयन

Previous article

“ढलानका सबै काम मापदण्डभन्दा राम्राे भएकाे छ” : ठेकेदार गुरूगाइँ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *