बुढानिलकण्ठ ११ स्थित बगलामुखी मन्दिरकाे प्राङ्गणमा नियमित भक्ति तथा शास्त्रीय संगीतकाे कार्यक्रम गर्दै आएकाे कपन संगीत सराेवरकाे १६ औँ वार्षिकाेत्सव सम्पन्न भएकाे छ । वरिष्ठ सङगीतकार शम्भुजीत बास्काेटाकाे प्रमुख आतिथ्यता भएकाे वार्षिकाेत्सव कार्यक्रममा वरिष्ठ सङ्गीतकर्मी मुरलीधरले साङ्गितीक प्रस्तुति दिएका थिए ।
सङ्गीत सराेवरकाे डबलीमा वार्षिकाेत्सव कार्यक्रमलाइ काेभिडका कारण दिवंगत भएका सङ्गीत सराेवरका संस्थापक विनय वर्मा तथा सदस्य बुद्धिसागर नगरकाेटीकाे सम्झनामा समर्पित गरिएकाे थियाे । संस्थाले हरेकवर्ष प्रदान गर्ने सङ्गीत सराेवर सम्मान पनि दिवंगत विनय वर्मा तथा बुद्धिसागर नगरकाेटीलाइ समर्पित गरेकाे थियाे । कार्यक्रममा स्व वर्माकी धर्मपत्नी विमला वर्मा तथा स्व नगरकाेटीकी धर्मपत्नी मन्जु श्रेष्ठलाइ नगद, सम्मानपत्र तथा दाेसल्लाप्रदान गरिएकाे थियाे ।
कार्यक्रममा सङ्गीतकार स्वर. विनय वर्माकी सुपुत्री सुजाता वर्माले भक्ति सङ्गीत प्रस्तुत गरेकी थिइन् भने स्थानीय राइजिङ युथ ब्यान्डले बाद्यवादनमार्फत कालजयी लाेकभाका पस्केकाे थियाे ।
यसैबीच कपन सङगीत सराेवरले नेतृत्व परिवर्तन गरेकाे छ । १६ वर्षदेखि नेतृत्व गरिरहेका विसुकुमार केसीका उपाध्यक्ष रहेका रविप्रसाद पाैडेल अध्यक्ष बनेका छ्न् । पाैडेल अध्यक्षमा सर्वसम्मत भएसँगै केसी विधानतः प्रधान संरक्षक भएका छन् । त्यसैगरी उपाध्यक्षमा परशुराम पाैडेल, शशिविक्रम थापा र ज्ञानेन्द्र खड्का चयन भएका छन् । सचिव तथा सहसचिवमा क्रमशः रामसुन्दर अधिकारी र विश्वराज पाेखरेल चयन भएका छन् । त्यसैगरी लक्ष्मण अधिकारी काेषाध्यक्ष भएका छन् । यसका अलावा १० जना कार्यसमिति सदस्यहरू केही पुरानै केही अनुहार नियुक्त भएका छन् ।
Comments