गत साता बुढानिलकण्ठमा एक सार्वजनिक जमिन हडपेकाे भन्ने विषय निकै चर्चामा रह्याे । याे जमिन चर्चामा आउनुमा मेयरबाट हटेकाे एक महिना पनि नभएका उद्धव खरेलले अतिरन्जित तरिकाले त्याे विषय हालसालै घटेकाेझैँ गरेर आफ्नाे सामाजिक सन्जालमा लेखेका थिए । उनकै भाषामा भन्ने हाे भने, बुनपा ८ मा पर्ने साे २७ राेपनी सरकारको नाममा रहेको सार्वजनिक जग्गा निजी व्यक्तिले दर्ता गर्ने लागेको कुरा फोनमा वताएपछि उनलाइ रातभर निन्द्रा लागेन। त्यसपछि उनी कसैकाे माेटर साइकलपछाडि बसेर अदालत पुगेकाे सबै कुरा बुझेकाेदेखि सार्वजनिक सम्पति जोगाउन सवैलाइ आव्हानसम्म गरेका थिए ।
याे २७ राेपनी जग्गाकै कुरा गर्दा याे जग्गाकाे विषय उनी मेयर भैरहँदादेखि चर्चाकाे विषय थियाे । उनकै पालामा सम्बन्धित केही व्यक्तिले अदालतमा पुर्याएका थिए । याे जग्गालाइ संरक्षण गरेर तारबार गर्न उनी मेयर हुँदा पनि धेरैपटक धेरैजनाले आग्रह गरेका थिए । तर मेयर भैरहँदा उनले सार्वजनिक जमिन संरक्षणमा सिन्काे भाँचेनन् । उल्टाे सार्वजनिक जमिन बिभिन्न संस्था तथा व्यक्तिलाइ दिन उनले भरभरकाे बल प्रयाेग गरे । धेरै सार्वजनिक जमिन उनकाे पालामा व्यक्तिले हडपेर बसेका घटनाहरू साक्षी छन् । उनले नै आफ्नै घरमा भाडा बस्ने विदेशी व्यक्ति तथा संस्थालाइ बुनपा २ बाँडेपाखाकाे सार्वजनिक जमिन दिनका लागि वडा कार्यालय तथा पार्टी पङ्तिलाइ नै लगाएका थिए तर स्थानीयहरूकाे व्यापक बिराेध गरेपछि कार्यान्वयन भने हुन सकेकाे थिएन । त्यसैगरी वडा नं २ मै रहेकाे एक सार्वजनिक जमिनलाइ एक मिडियालाइ दिने उनले सम्झाैता नै गरेका थिए तर त्यसकाे व्यापक बिराेधपछि राेक्न बाध्य भएका थिए । यस्ता अनगिन्ति विषय छन् खरेलकाे पालामा सार्वजनिक जमिनसँग जाेडिएकाे विसंगतपूर्ण कुराहरू ।
यहाँ लेख्न खाेजिएकाे विषय, बैसाख ३० गते स्थानीय हुनुभन्दा ३ महिनापूर्व बुनपा २ काे २ राेपनी जग्गा एक संस्थालाइ दिन खरेलले निर्णय गरेकाे खुलेकाे थियाे । खरेलले गत पुष ११ गते साविक भद्रकाली ६ हाल बुनपा २ मा पर्ने धाेविखाेलाकाे दक्षिणतर्फकाे कित्ता नं २७६ ( २१९४ र २१९३) अन्तर्गतकाे २ राेपनी जमिन एक संस्थाले दिने निर्णय गरेकाे थियाे । ग्रामीण स्वावलम्वन विकास केन्द्रलाइ दिने निर्णय गरिएकाे साे जमिनमा संस्थाले पाइलट प्राेजेक्ट गर्ने बताइएकाे छ । साे संस्थाले वडा नं २ काे वडाध्यक्षलाइ साे जमिन प्राप्तिका सहयाेग एवम् समन्वय गर्न पत्र लेखेपछि खरेलकाे पालामा सार्वजनिक जमिन बाँडिएकाे विषय सार्वजनिक भएकाे हाे ।
संयाेगले खरेल अहिले बुढानिलकण्ठ नगरपालिकाकाे मेयर छैनन् । मेयर पदमा टिकट नपाएपछि विक्षिप्तझैँ भएका खरेलले नयाँ मेयरलाइ शुभकामना दिँदा पनि व्यक्तिगत कुण्ठा नै धेरै पाेखेका थिए भने उनका सामाजिक सन्जाल यतिखेर यस्तै कुण्ठाले भरिन थालेकाे देखिन्छ । बुढानिलकण्ठमा नयाँ मेयर तथा वडा नं २ मा नयाँ वडाध्यक्ष आएकाे अबस्थामा पूर्व मेयरले सार्वजनिक जमिन बाँड्न गरेकेा निर्णयलाइ कार्यान्वयन गर्ला नगर्ला त्याे भिन्न विषय हाे भने सार्वजनिक जमिन बचाउन नयाँ मेयर कति उत्साहित हाेलान् वा उनी पनि सार्वजनिक जमिन बाँड्नमै प्रेरित रहनेछन् । केही दिनमा थाहा हुनेछ ।
साे संस्थाले जग्गा प्राप्तिका लागि वडा कार्यालयलाइ लेखेकाे पत्र यस्ताे छ ।
Comments