थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटकीय विकासमा लागेकाे छ, पटिहानी । भरतपुर नगरपालिका२२, चितवनमा अवस्थित पटहानीलाई नेपाल सरकारले एउटा गन्तब्यकाे रूपमा छनाैट भएकाे ठाउँ हाे ।
साैराहाजस्तै एउटा पर्यटकीय केन्द्र बन्ने तरखरमा रहेकाे पटिहानी प्राकृतिक जैविक विविधताकाे लागि महत्वपूर्ण क्षेत्र हाे । प्रकृतिको मनाेरम दृश्यमा रमाउन चाहने पर्यटकहरू यहाँँ हात्ती सफारी गर्दै तथा नदिमा डुंगामा खिईंदै जंगलकाे सुन्दरता र जैविक विविधतामा रमाउँछन् ।
भ्रमण वर्ष २०२० काे लागि पटिहानीमा चार वटा थ्री स्टार हाेटल बन्दै थियाे भने अन्य साना ठूला हाेटल तयारी अवस्थामा छन् ।पर्यटनका लागि अन्य संरचना निर्माणसहित स्थानीय वासिन्दा निकै उत्साहित छन् । चितवन राष्ट्रिय निकुञ्जका धेरैजसो दुर्लभ वन्यजन्तु हेर्न पनि पटिहानी सुहाउँदो ठाउँ हो । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानी क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो ।
भरतपुर महानगरपालिका-२२ मा रहेका वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक र बेल्सर मध्यवर्ती सामुदायिक बन पर्यटक आकर्षणका केन्द्र बन्दै गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने बिशेषगरी पर्यापर्यटन र धार्मीक पर्यटकहरुका लागि पटिहानी उत्तम बिकल्पका रुपमा मानेकाे नयाँ गन्तब्य हाे । बाेटे र थारू समुदायको बाहुल्यता रहेकाे याे गाउँ साँस्कृतिक पक्ष अध्ययनका लागि पनि अाकर्षक गन्तव्य हुन सक्छ । जीप सफारी गर्ने आकर्षक केन्द्र तथा घडियाल गोही हेर्दै पनि यहाँ रमाउन सकिन्छ । बेल्सर सामुदायीक वनले पर्यटक आकर्षणका लागि पटिहानीदेखी सौराहको हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी गराउने गरेकाे छ ।
२०५९ सालमा राप्ती खोलाले पीडित बनाएर बस्ती समेत बस्न नसकेको क्षेत्र अहिले पर्यटकीय गन्तव्य बनेकाे छ । बाढीको सकसपछि खोलालाई तटबन्ध गरेसँगै पटिहानीमा चहलपहल बढेको थियो । चितवन राष्टिय निकुञ्जको काखैमा रहेको पटिहानी अहिले जोकोहीका लागि लोभिने क्षेत्रको रुपमा परिचित छ । अहिले करोडौं लगानीका पर्यटकीय होटल बनेका छन । केही निर्माणको चरणमा छन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकैको पटिहानीको घटगाई क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । काठमाडौं, पोखरा लगायतका ठाउँका व्यवसायीका होटल पटिहानीमा थपिने क्रम छ ।
भीडभाड मन नपराउने, शान्त भएर प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि याे अनुपम गन्तब्य हाे । बाघ, गैडा र अरु जंगली जनावर तथा पशुपंक्षीको वासस्थान पनि यही छ, सूर्योदय र सूर्यास्तकाे अनुपम दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । जाने हैन त पटिहानी ?
Comments