कविका रूपमा परिचित सुमन वर्षाकाे दाेस्राे औपन्यासिक कृति बजारमा आएकाे छ । शिखा बुक्सले प्रकाशन गरेकाे उत्कृष्ट सामाजिक विषयवस्तुमा आधारित कृति ‘अन्ततः यन्त्रणा’ सँगै सुमन वर्षाकाे दाेस्राे औपन्यासिक कृति बजारमा आएकाे हाे ।
राजधानीमा आयाेजित एक भव्य कार्यक्रममा वर्षाकाे कृति ‘अन्ततः यन्त्रणा’लाइ विधिबत लाेकार्पणसहित बिक्री बितरणमा ल्याइएकाे छ । २१ जेठका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उपन्यासकाे लोकार्पण कार्यक्रममा प्रमुख अतिथि विश्वप्रकाश शर्मासहित आधा दर्जन स्रष्टाका हातबाट एकसाथ कृतिकाे लाेकर्पण गरिएकाे थियाे । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकार भुवन ढुंगाना तथा अतिथिका रूपमा वरिष्ठ साहित्यसेवी प्रयागराज भट्टराई उपस्थित थिए ।
प्रकाशित कृतिलाइ समीक्षकद्वय साहित्यकार महेश पौडेल र अनुपमा रेग्मीले समिक्षा गरेका थिए । नेपाली नारीकाे सांस्कृतिकस्वरूपलाइ यथार्थपरकरूपमा चित्रण गरिएकाे उपन्यास विमाेचन कार्यक्रममा नेपाली भाषा साहित्य क्षेत्रका एकदर्जन विद्वान साहित्यकारका साथमा साहित्यानुरागीकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम शिखा बुक्सका प्रमुख पुष्पराज पाैडेलकाे सभापतित्वमा भएकाे थियाे । ३६१ पेजकाे सामाजिक उपन्यास अन्ततः यन्त्रणाकाे खरिद मूल्य ५२५ रूपैँया ताेकिएकाे छ ।
Comments