राजनीति

गगन थापाकाे चुनावी क्षेत्रमा शक्तिशाली स्वतन्त्र उम्मेदवारकाे खाेजी !

0

नेपाली राजनीतिमा भएका व्यापक बिचलन तथा बेथितिबाट आजित भएका जनताले केही दिन अघि सम्पन्न स्थानीय चुनावमा देशमा बिभिन्न् ठाउँमा शानदार विद्राेह गरेर केही महत्वपूर्ण सन्देश दिएका छन् । विद्राेह यति शानदार रह्याे कि पूर्वदेखि पश्चिमसम्म यसले शक्तिशाली असर गर्याे ।

०४६ सालदेखि एकखाले पात्रहरूले बिभिन्न तन्त्रका नाममा सत्तालाइ हाँक्दै देश विकासकाे नाममा माखाे नमारेकाे भनेर जनताले काठमाडाैँ महानगरमा मधेशीमुलका बालेन शाहलाइ स्थापित गरेका छन् । याे विद्राेहकाे सार कति फराकिलाे हाेला त्याे समयले बताउला तर नेपालका दलहरूलाइ यसले नमिठाे गरेर चिमाेटेकाे छ । केही महिनापछि हुने संघ तथा प्रदेश तहकाे चुनावमा स्वतन्त्रकाे प्रभावशाली उपस्थिति हुन्छ कि भन्ने डरले पार्टीलाइ खाएकाे छ ।

यसैबीच काठमाडाैँ क्षेत्र नं १ मा समाजिक अभियान्ता पुकार बम मल्लले उम्मेदवारी दिने भएसँगै ठूला नेताका कतिपय ठाउँमा स्वतन्त्रले डरलाग्दाे चुनाैति दिने देखिएकाे छ । काठमाडाैँ क्षेत्र नं १ काँग्रेस नेता प्रकाशमान सिंहकाे चुनावी क्षेत्र हाे । राजनीति कतिपय विषयमा अनुदार असरल्ल देखिएका गणेशमान पुत्रलाइ पुकार बम मल्लकेा चुनाैति कमजाेर हुने सम्भावना क्षिण छ । गत संघकाे चुनावमा पनि सिंह झिनाे मतले रविन्द्र मिश्रसँग चुनाव जितेका थिए । याे पाँचवर्षमा पार्टीभित्र तथा बाहिर चारैतिर कमजाेर देखिएकाे सिंहलाइ मल्लकाे चुनाैति मिश्रकाे भन्दा प्रभावशाली हुने अनुमान गर्न सकिन्छ ।

यता काठमाडाैँमा पछिल्ला ३ चुनावदेखि लगातार जित्दै आएकाे काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाकाे चुनावी क्षेत्रमा पनि स्वतन्त्रकाे नजर परिरहेकाे देखिन्छ । कसलाइ चुनावी युद्धमा हाेम्ने तय नभए पनि गगन थापालेे ०७९ काे चुनावमा स्वतन्त्रकाे सामना गर्न पर्ने निश्चित बुझिन्छ । सकभर त्याे स्वतन्त्र उम्मेदवार सामाजिक एवम् प्रजातान्त्रिक पृष्ठभूमिका हाेस् भनेर तयारी भैरहेकाे अबस्थामा यता गगन थापाकाे चुनावी क्षेत्रमा काँग्रेसभित्र गम्भीर तनाव देखिएकाे छ । क्षेत्र नं ४ अन्तर्गत महानगरकाे वडा नं १ र ७ एवम बुढानिलकण्ठका ८ वटा वडामा गत स्थानीय चुनावमा व्यापक घात अन्तर्घात भएकाे भनेर आपसी द्वन्द्व चलिरहेकाे छ । गगन थापा स्वयम् लाइ स्थानीय चुनावमा प्रभावशाली व्यवस्थापकीय भूमिका निर्वाह गर्न नसकेकाे गम्भीर आराेप छ । थापासँग थापा निकट भनेर चिनिएका कतिपय पात्रहरू नराम्ररी रिसाएकाे बताइन्छ ।

क्षेत्र नं ४ मा संघ र प्रदेश दुवैमा स्वतन्त्र उम्मेदवारीकाे तयारी भैरहेकाेमा काँग्रेसमा असन्तुष्टलाइ चुनावी मैदानमा उठाउने छन् कि सामाजिक क्षेत्र वा राजनीतिक माेटिभेटर कसैलाइ गगन थापासँग भिडाउनेछन् त्याे भने खुल्न सकेकाे छैन । क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवारलाइ विवेकशील साझादेखि अन्य कतिपय दलहरूले स्वतः समर्थन गर्ने गरी तयारी भैरहेकाे बुझिएकाे छ ।

०६४ काे संबिधानसभा चुनावदेखि लगातार क्षेत्र नं ४ काे चुनावी मैदानमा रहेका गगन थापामाथि आफू चुनाव जित्ने तर स्थानीय लेबलमा चुनाव जिताउन कुनै भूमिका नखेल्ने गरेकाे आराेप लाग्ने गरेकाे छ । त्यसैगरी आफ्नाे चुनावी क्षेत्रमा नयाँ नेताहरूकाे उत्पादन एवम् प्रतिभाशाली व्यक्तिलाइ माथि लैजान नचाहने भनेर पनि आराेप लाग्ने गरेकाे छ । मंसिरमा हुने भनिएकाे प्रदेश तथा संघकाे चुनावमा नेका महामन्त्रीसमेत रहेका थापाकाे क्षेत्रमा काँग्रेसभित्रैबाट गम्भीर विद्राेहकाे सम्भावना प्रबल देखिन्छ । काठमाडाैँ  क्षेत्र नं ४ मा  एमालेबाट अध्यक्ष केपि ओलीका विश्वासपात्र मानिने डा राजन भट्टराइ चुनाव लड्ने गरेका छन् ।

वुनपा-८ मा २७ राेपनी सार्वजनिक जग्गा हड्पने डरलाग्दाे प्रयास

Previous article

सुमन वर्षाकाे सामाजिक उपन्यास “अन्ततः यन्त्रणा” बजारमा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *