स्थानीय

वुनपा-८ मा २७ राेपनी सार्वजनिक जग्गा हड्पने डरलाग्दाे प्रयास

0

बुढानिलकण्ठ नगरपालिकामा भूमाफिया तथा बिभिन्न पक्षले ठूलाे सार्वजनिक जमिन हड्पने प्रयास भएकाे छ । बुढानिलकण्ठ वडा नं ८  भङ्गाल नजिक रहेकाे २७ राेपनी जमिनलाइ हड्पन मालपाेत, नापी तथा अदालतसम्मलाइ प्रभावित बनाउने काेशिस भएकाे छ ।

यसबारे बुढानिलकण्ठका निर्वतमान मेयर उद्भव खरेलले जेठ २० गते आफ्नाे सामाजिक सन्जालमा जानकारी गराउँदै सार्वजनिक जमिन हड्पन खाेजेकाे तथा त्यसलाइ बुझ्न सर्वाेच्च अदालतसम्म पुगेकाे बताएपछि विषय बहशमा आएकाे हाे । बुनपा ८ मा रहेकाे साविक महांकाल वडा नं १ काे १५५ नम्बर कित्ताकाे जमिनबारे सर्वाेच्चमा मुद्धा परेकाे छ । खरेलले जानकारी गराए अनुसार साउन ३१ का सर्वाेच्चमा पेसी रहेकाे छ ।

याे जग्गालाइ हड्पनका लागि केही स्थानीयवासीसहित भूमाफियाकाे ठुलै टाेली सेटिङमा लागेकाे हल्ला चलिरहेकाे बेला तल्लाे तहका अदालतहुँदै सर्वाेच्च पुगेकाे बुझिएकाे  छ । यसबारे विस्तृत समाचार नियमितरूपमा प्रकाशित हुनेछ ।

 

५ हजार वर्ष पूरानाे रूख भेटियाे

Previous article

गगन थापाकाे चुनावी क्षेत्रमा शक्तिशाली स्वतन्त्र उम्मेदवारकाे खाेजी !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *