प्रकृतिसमसामयिक

५ हजार वर्ष पूरानाे रूख भेटियाे

0

पृथ्वीमा रहेका रुखहरूमध्ये सबैभन्दा बुढो रुख कति वर्षको होला ? के तपाईं पत्याउनुहुन्छ कि संसारको सबैभन्दा पूरानो रुख झण्डै साढे ५ हजार वर्ष उमेरको छ । चिलीको दक्षिणी इलाकास्थित एक राष्ट्रिय निकुञ्जमा रहेको यो हजारौं वर्ष पूरानो रुख अहिले पनि हराभरा छ ।

दक्षिण चिलीको अलर्स कोस्तेरो राष्ट्रिय निकुञ्जमा यो रुख रहेको छ । उक्त रुखको नाम साइप्रेस ट्री हो । यो रुखलाई वनस्पतीविद्हरूले ग्रेट ग्राण्डफादर पनि भन्ने गरेका छन् । फ्रान्सको पेरिसस्थित क्लाइमेट एण्ड इनभाइरोमेन्ट साइन्सेस ल्याबका पर्यावरणविद जोनाथन बारिचविचका अनुसार उक्त साइप्रेस ट्री को उमेर ५४८४ वर्ष भएको छ ।

उनका अनुसार उक्त रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । यो एक संकटापन्न प्रजातिको रुख हो । जोनाथनका अनुसार कम्प्युटर मोडेलका माध्यमबाट रुखको विकासको ८० प्रतिशत कहानी ठ्याक्कै पत्ता लगाउन सकिन्छ । त्यसरी पत्ता लगाइएको उमेरभन्दा वास्तविक उमेर कम हुने सम्भावना केवल २० प्रतिशत मात्र रहन्छ ।

स्मरण रहोस् यसअघि अमेरिकाको क्यालिफोर्नियास्थित ह्वाइट माउन्टेन्समा रहेको ब्रिस्टलकोन सल्लाको रुख सबैभन्दा बुढो रुखको रुपमा रहेको थियो । मेथुसेलाह नामक उक्त सल्लाको रुखको उमेर ४८५३ वर्ष छ । तर चिलीमा फेला परेको साइप्रेस रुखको उमेर उक्त सल्लाको भन्दा करिब ६ सय वर्ष बढी छ ।

वडा कार्यालय नै मन्दिर भत्काउन दलबलसहित पुगेपछि, बुढानिलकण्ठ १ मा स्थानीयवासी आन्दाेलित

Previous article

वुनपा-८ मा २७ राेपनी सार्वजनिक जग्गा हड्पने डरलाग्दाे प्रयास

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *