स्थानीय

वडा कार्यालय नै मन्दिर भत्काउन दलबलसहित पुगेपछि, बुढानिलकण्ठ १ मा स्थानीयवासी आन्दाेलित

0

बुढानिलकण्ठ १ र ३ काे सिमाना नजिक खाेला किनारामा(वडा नं १ मा पर्ने) रहेकाे सार्वजनिक जमिन र साे जमिनमा बनेकाे मन्दिरकाे विषयले फेरि तनाव सिर्जना भएकाे छ । वडा कार्यालयमा सार्वजनिक जमिनमा बनेकाे मन्दिर भत्काउन दलबलसहित पुगेपछि स्थानीय र प्रशासनबीच तनाव उत्पन्न भएकाे हाे । जग्गा प्लटिङ तथा जमिन खण्डिकरणमा सार्वजनिक जमिनलाइ उपयाेगका बारेमा विवादमा रहिरहने नगरपालिकाकाे वडा नं १ ले सार्वजनिक जमिनमा बनेकाे मन्दिर भत्काउन यसअघि पनि प्रयास गरेकाे थियाे ।

मन्दिरसँगैकाे घरवालाकाे इन्ट्रेस्टमा मन्दिर हटाउन लागेकाे भनेर स्थानीयवासीहरू लागातार सचेतरूपमा आन्दाेलित  भएकाे अबस्थामा जेठ १९ गते बिहानै नगरप्रहरीसहित दलबल मन्दिर भत्काउन गएका थिए । प्रहरी, डाेजरसहित मन्दिर भत्काउन गएपछि स्थानीयहरू आन्दाेलित भएका थिए। धेरै स्थानीयवासीले सामाजिक सन्जालमार्फत वडा कार्यलय, वडाध्यक्ष एवम् नगरपालिकाकाे बिराेध गरेका छन् ।

सार्वजनिक जमिन व्यक्तिले उपयाेग गर्न लागेकाे भनेर २ वर्षअघि स्थानीयवासीले साे सार्वजनिक जमिनमा मन्दिर बनाएका थिए । जसले गर्दा घरधनीलाइ बाटाे घुमाउराे पर्न गएकाे थियाे । फरक धर्मका व्यक्ति भएकाले पनि ती घरधनीले आफ्नाे पहुँचमार्फत मन्दिर भत्काउन उक्साएकाे स्थानीयवासीकाे आराेप रहेकाे छ ।

मकैका लागि मलकाे चरम अभाव हुने सम्भावना, साल्ट ट्रेडिङको गोदाम रित्तै !

Previous article

५ हजार वर्ष पूरानाे रूख भेटियाे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *