राजनीति

गगन थापाकाे चुनावी क्षेत्रमा काँग्रेसभित्र व्यापक असन्तुष्टि !

0

नेपाली काँग्रेसका महामन्त्री  गगन थापाकाे चुनावी क्षेत्रअन्तर्गत पर्ने बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडामा पार्टीकाे नमिठाे पराजय भएपछि यस क्षेत्रकाे काँग्रेस नेता कार्यकर्तामा व्यापक असन्तुष्टि देखिएकाे छ । बुढानिलकण्ठमा चिनिएका नेता तथा सामान्य कार्यकर्तासम्मले पार्टी पराजित हुनुमा गगन थापा तथा प्रदेश महामन्त्री राजु श्रेष्ठकाे निस्क्रियता र चुनावी रणनीतिकाे अभावका कारण भएकाे बताइरहेका छन् ।  यही असन्तुष्टिकाबीच बुढानिलकण्ठका ८ वटा वडाका कतिपय नेता तथा कार्यकर्ता राजिनामा दिने तयारीमा देखिएका छन् भने कतिले राजिनामा दिइसकेकाे पनि बताइन्छ ।

बुढानिलकण्ठ नगरपालिकामा काँग्रेसले २ वटा वडाकाे मात्र वडाध्यक्ष जितेकाेमा  ती दुइवटै वडा क्षेत्र नं ५ मा पर्दछन् । क्षेत्र नं ४ अन्तर्गतका ८ वटा वडामध्ये केही सहज जितिने वडाहरूमा घातअन्तर्घात भएकाे विषयलाइ महामन्त्री थापाकाे सक्रियतासँग जाेडेर असन्तुष्टि व्यक्त भएकाे हाे ।  ८ वटा वडामध्ये काँग्रेसले एउटा वडामा पनि वडाध्यक्ष नजित्नुसँग महामन्त्री थापाकाे कमजाेर उम्मेदवार चयनदेखि चुनावी रणनीति नबनाएकाे भनेर आराेप लागेकाे छ ।  बुढानिलकण्ठमा चिनिएकाे एक नेताले नमिठाे हारले काँग्रेसमा एकछिनमा बस्न मन नलागेकाे बताए । उनले याे अबस्था सृजना हुनुमा केन्द्रिय महामन्त्री थापासँगै प्रदेश महामन्त्री राजु श्रेष्ठकाे निष्क्रियता नै कारक तत्व भएकाे बताए ।

केन्द्रिय महामन्त्री थापा तथा प्रदेश महामन्त्री श्रेष्ठकाे मिलेमताेमा विनाेद चालिसेलाइ मेयर टिकट दिए पनि मेयरलगायत वडाध्यक्षकाे प्रचारप्रसारमा भने उनीहरू देखिएका थिएनन् । महामन्त्री थापा निकट चालिसेले मनाेनयनपत्र दर्ताकाे दिन अबेर टिकट पाएकाे घाेषणा भएपछि मेयर पदका बाँकी १२ आकाँक्षीहरू बेखुशी देखिएका थिए । यसरी बेखुशी देखिने मेयरका आकाँक्षीहरू जिल्ला उपसभापति, जिल्ला सचिव तथा नगर सभापतिसम्म पर्दछन् ।

चालिसेले मेयर पदमा मनाेनयनपत्र दर्ता गरेसँगै नगरसभापतिनिकट ३८ जना क्रियाशील सदस्यले सामुहिक राजिनामा दिएका थिए । साे राजिनामासँगै सुरू भएकाे असन्तुष्टिकाे रेखा चुनाव नसकिन्जेल यथावत थियाे । तर असन्तुष्टिलाइ सम्बाेधन गर्न महामन्त्री थापाले आकाँक्षीहरूसँग एकपटक पनि बसेका थिएनन् । महामन्त्री थापाले यसरी इग्नाेर गरेकाेप्रति सबै आकाँक्षीकाे आक्राेश देखिएकाे छ । आक्राेश र असहमति प्रष्ट देखिँदा पनि पार्टी महामन्त्रीसमेत रहेकाे थापाले उनीहरूसँग भेटघघाट गरेर समझदारी कायम गर्ने वातावरण बनाउने प्रयास गरेका थिएनन् ।

महामन्त्री थापाले कपनका ३ वटा वडामा  कम्तिमा एकहप्ता सक्रियरूपमा चुनावी भूमिका खेल्न पर्ने भनेर सबै पक्षले भन्दै आए पनि थापा एकदिनमात्र घरदैलाेमा उपस्थित भएका थिए ।हरेक वडाभित्र समस्या भएका कतिपय विषय सांसदसमेत रहेका थापाले नै सम्बाेधन गर्न पर्नेमा उनले समय नदिएकाे भनेर उम्मेदवार बनेकाहरुले गुनासाे पाेखेका छन् । महामन्त्री थापाकाे किचेन क्याबिनेटले थापालाइ गलत इन्फर्मेसन दिने गरेकाे र त्याे इन्फर्मेसनलाइ थापाले सही साँचाे साेचेर बसेकाे भनेर गुनासाे भएकाे हाे ।

जेठ १५ आइतवार गते बिहान मेयर पदका उम्मेदवार भएर पराजित भएका विनाेद चालिसेले आयाेजना गरेकाे धन्यवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा गगन थापा आउन ढिला भएपछि उपस्थित नेता कार्यकर्ताले महामन्त्री थापाकाे केही खुलेर केहीले माैन बिराेध गरिरहेकाे भेटियाे । बिराेधका आवाज पूर्णतः निस्क्रिय रहेका प्रदेश महामन्त्री राजु श्रेष्ठतिर पनि लक्षित थियाे भने पार्टी सभापति देउवाकाे विश्वासपात्र नेता  प्रकाश महतसँग पनि असन्तुष्टि पाेखेकाे देखिन्थ्याे ।

असन्तुष्टिकाे आवाज काठमाडाैँ क्षेत्र नं ४ र ५ का सभापतितिर पनि लक्षित थियाे । क्षेत्रीय सभापतिद्वय श्यामकृष्ण सङ्गत र श्याम खड्काले जित्ने उम्मेदवारभन्दा पनि आफू निकटकालाइ उम्मेदवार बनाएकाे आराेप लागिरहेकाे छ । श्रेष्ठलाइ गगन थापा निकटलाइ चुपचाप आँखा चिम्लिएर टिकट दिएकेा आराेप छ भने खड्कालाइ महाधिवेशनकाे तुस पाेखेर जित्नेलाइ टिकट नदिएर हार्नेलाइ टिकट दिएकाे आराेप छ ।

क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठका वडामा यति धेरै असन्तुष्टि देखिएकाे छ कि यसलाइ महामन्त्री थापाले सम्बाेधन गर्न जति ढिला गर्नेछन् उति मंसिरमा हुने केन्द्र र प्रदेशकाे चुनावमा असर पर्ने देखिन्छ । थापाले असन्तुष्टिलाइ सहज अवतरण गर्न सकेनन् भने उनी स्वयम् काे चुनावी नतिजामासमेत गम्भीर असर पर्ने अनुमान गर्न सकिन्छ । त्यसाे त राजनीतिका सबैकलामा निपुण मानिने थापा आफ्नाे चुनावका लागि जे पनि गर्न भने तयार हुनसक्छन् । हाल बुढानिलकण्ठ काँग्रेसमा देखिएकाे असन्तुष्टिभित्र आफ्नाे चुनाव(केन्द्र र प्रदेशकाे चुनाव) मा साम, दाम, दण्ड, भेद सबै प्रयाेग गर्न सक्ने थापाले स्थानीय तह चुनावमा किन प्रतिष्ठाकाे विषय बनाएर गतिशील भएनन् भन्ने विषय मुख्य रहेकाे छ ।

यसैबीच विश्वस्त सुत्र(बुढानिलकण्ठमा नेका परिचित र सशक्त नेता(नाम उल्लेख नगर्ने सर्तमा)) का अनुसार महामन्त्री थापालाइ पनि पराजय र अन्तर्घात कस्ताे हुन्छ भन्ने थाहा दिलाउन सशक्त स्वतन्त्र उम्मेदवारकाे तयारी भैरहेकाे बताएका छन्  । उनले स्वतन्त्ररूपमा दिइने साे उम्मेदवारीलाइ चाैतर्फि सहयाेग दिलाउने हेतुले हाल काे व्यक्ति ? वा कसरी ? भन्ने विषयलाइ गाेप्य राखिएकाे उनले बताए । “समय आएपछि सबै कुरा सशक्तरुपमा सतहमा आउने छ, प्रतिक्षा गराैँ अहिलेलाइ ।”  उनले भने ।

 

देश कहाँ जाला ?

Previous article

निजगढ विमानस्थलबारे सर्वाेच्चकाे फैसलालाइ संसदीय समितिले ‘असंवैधानिक निर्देशन’ भन्न पाउँछ ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *