साहित्य

देश कहाँ जाला ?

0

  • (लघुकथा) – वनमाली निराकार

देशमा देखिएका लथालिङ्ग चालाको चिन्ताले चिन्तित केही व्यक्तिहरू आफ्ना साथीहरूसँग बसेर छलफल गरिरहेका थिए । त्यहाँ देशका हरेक क्षेत्रमा भएका विकृति विसङ्गतिका विषयमा चर्चा भैरहेको थियो ।
त्यत्तिकैमा नागरिक ‘क’ ले प्रश्न उठायो – “हैन साथीहरू, यस्तै चाला रहिरहे हाम्रो देश कहाँ जाला ?”

 

नागरिक ‘ख’ ले जवाफ दियो – “कता जाला र ? खूब गए त्यहीँ दिल्ली सम्म त हो ।”

‘ग’ ले आश्चर्य प्रकट गर्यो – “दिल्लीसम्म ! कसरी ?”

ख ले प्रष्ट पार्दै भन्यो – “हो दिल्लीसम्म, अन्यत्र जानलाई त ‘भिसा’ चाहिन्छ नि त !”

घान्द्रुुकका पार्श्र्वचित्रहरू

Previous article

गगन थापाकाे चुनावी क्षेत्रमा काँग्रेसभित्र व्यापक असन्तुष्टि !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *